ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
संविधान र संघियता  संस्थागत भए मात्रै  सहिदहरुकाे  उच्च सम्मान हुन्छः मुख्य मन्त्री शर्मा

संविधान र संघियता संस्थागत भए मात्रै सहिदहरुकाे उच्च सम्मान हुन्छः मुख्य मन्त्री शर्मा

माघ १६ सुर्खेत

संबिधान संघियता कार्यान्वयन भए मात्र  सहिदहरुकाे उच्च सम्मान  हुने कर्णाली प्रदेशका मुख्य मन्त्री राजकुमार शर्माले बताउनु भएकाे छ।

विज्ञापन

आन्तरिक मामिला  याेजना तथा कानुन मन्त्रालयकाे आयाेजनामा वीरेन्द्रनगर नगरपालिका वडा नं ४सहिद  पार्कमा   आयाेजित राष्ट्रिय सहिद दिवस २०७९काे अवसरका  मुख्य मन्त्री शर्माले  सहिदहरुकाे  उच्च सम्मानबाट संबिधान संघियता धर्म निरपेक्षता समानुपातिक समावेशिता  संस्थागत हुने बताउनु भयाे।

मुख्यमन्त्री शर्माले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्र विरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलन जनयुद्धमा  आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सम्मान गर्नुले नेपालमा लाेकतन्त्र झन बलियाे हुने बताउनु भयाे।

smart

वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलन  भए जस्तै कर्णाली प्रदेश स्थापनाका लागि  जीवज बलिदान गर्नुहुने  महान सहिद टिकाराम गाैतम  एम बहादुर श्रेष्ठ  गाेपाल सिहँ रजुवार  र हरिबहादुर  कवँरकाे  आजका दिन मात्रैकाे सम्मानले अुपुरो हुने  बताउनु भयाे।

कर्णाली प्रदेश स्थापना गर्न चारजना हाेनहार सपुतले बलिदान नगरेकाे भए आज हामी कर्णाली का नागरिक बन्ने सपना अधुरो रहने भएकाले सबैकाे तनमनमा सहिद प्रति उच्च सम्मानकाे भाव पंदा भए मात्रै प्रदेशका सहिदहरु प्रतिकाे सम्मान रहने बताउनु भयाे।

मन्त्री शर्माले नेपाली निरङ्कुश राणा शासन विरुद्ध हास यात पञ्चायत बिरुद्ध नेपाली जनताकाे बलिदान बाट एकात्मक राज्य व्यवस्था पनि ढलेकाे  स्मरण गराउदै  सबैखाले निरङ्कुशताका विरुद्ध सहिदहरुले गरेकाे बलिदान राज्यबाट र नागरिकबाट उच्च सम्मान गर्नु पर्ने  बताउनु भयाे।

smart

मन्त्री शर्माले सहिदहरुकाे शालिकमा पुष्प गुच्चा तथा फूलमाला अर्पण गदै श्रद्धाञ्जी दिनु भएकाे कार्यक्रमा   कानुन मन्त्री कृष्ण जिसी  भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्री  िभम प्रकाश शर्मा  सामाजिक विकास मन्त्री टेकराज पछाइ  उद्याेग पर्यटन वन तथा वातावरण मन्त्री जित बहादुर मल्ल भाैतिक पूर्वाधार उर्जा तथा जलश्राेत राज्य मन्त्री उर्मिला बिश्वकर्माले सहिद हरुकाे फाेटामा फुलमाला लगाइ श्रद्धाञ्जली दिनुभएकाे थियाे।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता