सहिद दिवसकाे अवसरमा प्रदेश प्रमुख तिलक परियारकाे शुभकामना सन्देश

सहिद दिवसकाे अवसरमा प्रदेश प्रमुख तिलक परियारकाे शुभकामना सन्देश

१६ माघ सुर्खेत  ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले सहिद दिवसकाे अबसरमा शुभकामना सन्देश दिनुभएकाे छ।

विज्ञापन

देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै प्रदेश प्रमुख परियारले शुभकामना सन्देश  दिनुभएकाे हाे।

देशभर  आज  सहिद दिवस मनाइँदै छ ।नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्र विरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलन जनयुद्धमा  आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ ।

वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलन तथा जनयुद्ध मधेश आन्दाेलनका क्रममा   वलिदान गर्ने  योद्धाहरूको योगदानमा  सम्मान गर्न प्रत्येक बर्ष माघ १६ गते सहिद दिवस मनाउदै आएकाे छ।

हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ ।देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६  बिशेष दिन भएकाेले यसका सबैले गर्व गर्नु पर्ने बताइएकाे छ।

विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासन विरुद्धमा नेपाल प्राज्ञपरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्र राजलाई टेक स्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो ।यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भनेे माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता