ज्ञापनपत्र बुझाएको २४ घण्टा नवित्दै मन्त्री शर्मा द्वारा प्राविधिक टोली सहित किसानको खेतबारी अनुगमन

ज्ञापनपत्र बुझाएको २४ घण्टा नवित्दै मन्त्री शर्मा द्वारा प्राविधिक टोली सहित किसानको खेतबारी अनुगमन

माघ १४ सुर्खेत

भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकास शर्माले ज्ञापनपत्र बुझाएको २४ घण्टा नवित्दै प्राबिधिक टोली सहित किसानको खेतबारी अनुगमण गरेका छन।

मन्त्री शर्मालाइ सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं ९ आलाचौरका कृषक करसिहँ बढाको टोलीले शुत्रबार फौजी किराले ९ हेक्टर जमिनको गहुँ वाली नष्ट गरेको ज्ञापन पत्र बुझाए लगतै प्राविधिक टोली सहित किसानको खेतबारी  अनुगमन गरिएको हो।

अन्न भण्डारको रुपमा रहेको अलाह चौरको ९ हेक्टर जग्गामा लगाएको करिव ३०० घरधुरी  किसानको गहुँबाली फौजीकिराले नष्ट गरेको छ।

समस्यालाई सम्वोधन गर्न कृषि मन्त्रीको अग्रसरतामा एकिकृत कृषि प्रयोगशालाका प्रमुख परशुराम रावत, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वाली संरक्षण विज्ञ वेद प्रसाद चौलागाई, कृषि प्रयोगशालाको प्राविधिक कर्मचारीहरुले उक्त क्षेत्रमा पुगी  समस्या पहिचान गरेका हुन।

दिनानुदिन ‍गहुँवाली नष्ट भएपछि चिन्तिन भएका किसानले मन्त्रीको अनुगमन भएपछि केही राहत महसुस गरेको बताएका छन।

प्रयोगशाला प्रमुख रावतले किसानको गहुँवालीमा भएको समस्या अरु नभइ फौजी किराको समस्या भएको बताए।

पहिचान भएको समस्या  निदानको लागि किट नाशक विषादी प्रयोग गर्न किसानलाइ सिफारिस गरिएके छ।

उक्त समस्या व्यवस्थापनका लागि एकिकृत कृषि प्रयोगशालाको प्राविधक टाेलीले क्लोरो साईपरमेथ्रीन नामक विषादी २ मिलिलिटर प्रति लिटर पानीमा मीसाएर साँझ पख छर्ने सुझाव दिएका छन ।

मन्त्री शर्माको अग्रसरतामा समस्याग्रस्त उक्त क्षेत्रमा भएको अनुगमनमा  ९ नम्वर  वडा अध्यक्ष, कृषक समूह तथा सहकारीका प्रतिनिधिको उपस्थितिमा अभियान मूलक वालि संरक्षण सेवा प्रदान गरिएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता