सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नं १ पलाटेमा पहिलाे पटक बस सेवा

सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नं १ पलाटेमा पहिलाे पटक बस सेवा

प्रदीप योगी माघ ५,सल्यान 

सल्यानकाे छत्रेश्वरी गाउँपालिका १ पलाटे टाेलमा पहिलाे पटक बस सेवा सुचारु भएकाे छ।

विज्ञापन

बागचाैर नगरपालिकाकाे वडा नं ८ काे सिमाना स‌ंग जाेडिएकाे पलाटे टाेलमा शारदा यातायात सेवा प्रा लि काे ना ७ ख ९५५८ नं बसले  पहिलाे पटक छत्रेश्वरी  १ पलाटेमा बस सेवा सुरु गरेकाे हाे।

नागरिककाे दैनिक काम तथा  पालिका सम्म  पुग्न   बागचाैर नगरपालिका सिद्धकुमाख गाउँपालिका शारदा नगरपालिका  हुदै करिव ६३ किलाेमिटर दुरीकाे कष्टकर यात्रा गरिएका पलाटे  वासीलाइ आज देखि थप राहत भएकाे  छ।

गाउँमा गाडी पुगेपछि सल्यान पलाटेका स्थानीय बासिन्दाहरुले खुशाीयाली मनाएका छन् । वडाकार्यालयसम्म पुग्न सडक निर्माण कार्य सम्पन्न भएर पहिलो पटक गाउँमा गाडी पुगेपछि स्थानीयले खुी व्यक्त गरेका हुन ।

सल्यानको छत्रेश्वरी गाउँपालिका १ पलाटेमा पहिलोपटक गाडी पुगेपछि निकै खुशी लागेको स्थानीय ७३ वर्षीय हिरालाल खत्रीले बताए । यसरी आफ्नै गाउँमा यति चाँडै गाडी आइपुग्ला भन्ने नसोचेको  उनकाे भनाई छ ।

गाडी गाउँमा प्रवेश   गरेपछि रातो टीका बनाएर चालक र यात्रुलाई लगाएर खुशी साँटेको ७२ वर्षीय ७२ वर्षीय लाल बहादुर चन्दले बताए । गाउँ नजिकैबाट सधै गाडी गुड्ने गरेको भएपनि आफ्नै गाउँबाट गाडी नचल्दा समस्या भएकोमा अब उक्त समस्या समाधान भएको उनकाे भनाई छ । बस्ती सडक सञ्जालसँग जोडिएसँगै बिरामीलाई जिल्ला बाहिर लैजान, काम पर्दा बाहिर जानका लागि सहज हुने उनले  बताए ।

सडक सञ्जाललाई प्राथमिकता दिएको बताउँदै वडाध्यक्ष प्रकाश हमालले बस्ती बस्तीसम्म पनि सडक पुर्याउने बताए । आर्थिक बर्ष २०७९/०८० को वडा सरकार द्वारा विनियोजित बजेट रु ८ लाख बजेटबाट निर्माण भएको जरा लोटे पोखरी ससेखोला जलेखर्क जोड्ने सडक निर्माण कार्य सम्पन्न भएको उनकाे भनाई छ ।
यस्तै सारदा यातायात सेवा प्रालिका उपाध्यक्ष कर्ण देब बस्नेतले दाङ तुल्सिपुर देखि श्रीनगर दमाचौर हुँदै पलाटेसम्म निरन्तर गाडी सन्चालन हुने बताए।

उपभाेक्ता समितिका अध्यक्ष प्रदिप याेगीकाे अध्यक्षतामा  आयाेजना गरिएकाे कार्यक्रमकाे सहजीकरण भरत गरीले  गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता