राेजगारीकाे लागि भारत पुगेका सल्यानका एक दम्पती तिन महिना देखी भारतमा बन्धक

राेजगारीकाे लागि भारत पुगेका सल्यानका एक दम्पती तिन महिना देखी भारतमा बन्धक

माघ ३, सल्यान

राेजगारीकाे लागि भारत पुगेका सल्यानका एक दम्पती तिन महिना देखी भारतमा बन्धकमा राखिएकाे छ।

विज्ञापन

तिन महिना देखी रोजगारीको शिलशिलामा भारतको हिमाचल प्रदेशको रुडु पुगेका सल्यान सिद्ध कुमाख गाउँपालिका १ माथिल्लो बाझँकाडाँका २२ वर्षीय भेषराज बुढाथोकी र २३ वर्षीया श्रीमती टिका बुढाथोकी भारतको एक घरमा बन्दकमा परेका हुन ।

बिगद दुई बर्ष पहिले रोजगारको सिलसिलामा भारत गएका दम्पतीले १७ तोला सुन चोरेको आरोप लगाउँदै प्रहरीमा रिर्पोट गरि कुटपिट गर्न लगाई प्रहरीले समेत चोरी नगरेको पुष्टि भइसक्दा समेत घर मालिकले दुवैलाई तिन महिना देखि बन्धकमा राखेको उनीहरूका आफन्तले जानकारी दिएका छन् ।

३७ लाख रुपैयाँ नबुझाए  उनीहरूलाई नछोड्ने बताउँदै आइरहेको भारतमा रहेका उनका साथी विरेन्द्र बुढाथोकीले जानकारी दिएका छन ।
घर मालिकले घर तथा आफन्तलाई फोन सम्पर्क समेत गर्न नदिएको र मोबाइल, गरगहना र पैसा समेत राखि दिएको  बताएका छन् ।
बन्धक बनाएका दम्पती मध्य एक जना राती भागेर अरूको मोवाईल बाट आफन्त र साथीहरुलाई फोन गरेर उद्धारका लागि आग्रह गरेका छन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता