कर्णाली प्रदेश सरकारकाे पहिलो निर्णय १० हजार बेरोजगारलाई रोजगारी दिने

कर्णाली प्रदेश सरकारकाे पहिलो निर्णय १० हजार बेरोजगारलाई रोजगारी दिने

पुष २८ सुर्खेत

कर्णाली प्रदेश सरकारले  १० हजार बेरोजगारलाई रोजगारी दिने  निर्णय गरेको छ ।

विज्ञापन

मुख्यमन्त्री राजकुमार शर्माले पदभार ग्रहण गर्दै  प्रदेशमा १० हजार बेराेजगारलाइ  रोजगार दिने  निर्णय गरेका छन् ।

पदभार सम्हालेपछि पत्रकारहरू सँगको कुराकानीमा मुख्य मन्त्री शर्माले भने, ‘कर्णाली विकटतामा छ भनिएको छ, कर्णालीभित्र गरिबी छ, त्यस कारण हामीले दुईवटा अभिभारा पूरा गर्नु छ । पहिलो खुसी प्राप्त गर्नु छ, भने दोस्रो सुखी प्राप्त गर्नु छ ।

सुखी हाम्रो आर्थिक सम्पन्नता सँग जोडिएको छ भने खुसी हाम्रो सामाजिक न्यायसँग जोडिएको छ ।

त्यसकारण आर्थिक रूपमा सम्पन्नता र सामाजिक न्याय पूरा गर्नेतर्फ हामीले काम गर्नुपर्नेछ ।

यी दुईवटा अभिभारा पूरा गर्नका निमित्त हामीले हाम्रो पहिलो शत्रु गरिबी देखेका छौँ, र यो गरिबीको अन्त्यका लागि कर्णालीमा रोजगारसँगै स्वरोजगार जोड्न चाहन्छौँ । त्यसका लागि हामीले कर्णाली समृद्धिको अभियान थाल्दैछौँ ।’

मुख्यमन्त्री शर्माले अगाडि भने, ‘प्रदान गर्नका निम्ति कार्यविधि, नीति र बजेट तर्जुमा गरेर अगाडि बढ्ने निर्णय गरिएको छ ।’

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता