कर्णाली प्रदेशमा समानुपातिक सिट वाँडफाँटः दलित प्रतिनिधित्व प्रति राजनैतिक दल  गम्भीर छैनन

कर्णाली प्रदेशमा समानुपातिक सिट वाँडफाँटः दलित प्रतिनिधित्व प्रति राजनैतिक दल गम्भीर छैनन

मंसिर २४ सल्यान

आसन्न मंसिर ४ गते सम्पन्न संघ प्रदेश निर्वाचन सम्पन्न भए पछि राजनैतिक दल  प्राप्त समानुपातिक सिट बाँडफाँट सगै सरकार गठनमा ब्यस्त भइरहेका छन।

कर्णाली प्रदेशमा  समानुपातिक  प्राप्त सिट बाँडफाँटमा  प्रमुख राजनैतिक दल लाइ निर्वाचन आयाेगले पत्रचार गरे लगतै समानुपातिक तर्फ कर्णालीमा १० जना खसआर्य ४ जना दलित र २ जना जनजाति कलस्टरबाट लिनु पर्ने निर्वाचन आयाेगका पत्रमा उल्लेख छ।

तर कर्णालीमा दलित   प्रतिनिधित्व ३ जना महिला र १ पुरुष  हुने व्यवस्था मध्ये यति बेला दलित महिला मात्रै प्रतिनिधित्व गराउनुले दलित १ जना पुरुप मात्र निर्विराेध हुने पर्ने बसन्त बिक नहुदा  दलित अधिकार कर्मीले  ध्यानाकर्षण  गरेका छन।

गत मंसिर १३गते अनलाइन खबर मा प्रकाशित सूचनालाई आधार मानेर राजनैतिक दलले निर्वाचन आयाेगकाे पत्रमा ब्यवास्ता गरेका बसन्त बिकले यस प्रति ध्यानाकर्षण गरेका छन।

गत मंसिर १३ गतेकाे सुचनाकाे आधारमा कर्णालीमा समानुपातिक सिट बाँडफाँटकाे आधार यस्ताे रहेकाे छ

खसआर्य  १० जना  (८ जना महिला २ पुरुष  ६२. २ %)

दलित ४ जना  (३ जना महिला १ पुरुष २३ .२५  %)

जनजाति २ जना (२ जना महिला  १३.६३ %)

कर्णालीमा ४० सदस्यीय प्रदेश सभामा प्रत्यक्ष २४ र १६ जना समानुपातिक हुनु पर्ने हुन्छ । प्रतिशत का आधारमा दलित तर्फ महिला ३ जना १ पुरुष २३दशमलव २५ खसआर्य ८ जना महिला २ जना पुरुष ६२ दशमलव २ जनजाति २ महिला १३दशमलव ६३ प्रतिशत  गर्दा १३ जना महिला र ३ जना पुरुष  हुने हाे तर कर्णालीमा दलित प्रतिनिधित्व माओबादी केन्द्रबाट उर्मिला विक एमालेबाट गमता बिक र काँग्रेस बाट लक्ष्मी सुनार  गरी ३ जना महिलामात्रै हुनुले दलित पुरुष काेटा नै खसआर्य वा जनजाति तर्फ मर्ज हुनुले कर्णालीका २६ प्रतिशत दलित समुदायमा नै राजनैतिक दलले खसआर्य समुदायकाे प्रतिनिधित्व गर्नुले दलित समुदाय भाेट बैङ्क मात्र बनाएकाे राजनितक दलमा आराेप लागेकाे छ।

यतिबेला १ जना दलित पुरुष एकीकृत समाजवादी बाट १ नं समानुपातिक बन्द सुचीमा रहेका बसन्त बिक लाइ समानुपातिक  सांसद वनाउन सबैततिरबाट खबरदारी हुदा राजनैतिक दलबाट खस आर्यकाे प्रतिनिधित्व हुनुले  राजनैतिक दल गम्भिर हुन दलित अधिकार कर्मीले सुझाएका छन।

कर्णाली प्रदेशकाे राजनैतिक दलकाे  बन्द सुचिको बिवरण यस्ताे छ।

नेपाली काँग्रेस

लक्ष्मी सुनार , जानकी सिहँ , विजया बुढा ,इन्द्रा शाही  र वलिमाया  बुढा

एमाले

गमता विक, दक्षिणा शाही , नन्दा गुरुङ ,बालाराम शर्मा ,शान्तीलाल महत

माओबादी केन्द्र 

उर्मिला बि क, यशाेधा न्याैपाने , मिलन कुमारी राेका खड्का ,जुम्कित लामा कार्की

समाजवादी 

बसन्त कुमार बिश्वकर्मा

राप्रपा

सन्ताेषी शाही

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता