७४ औ विश्व मानव अधिकार दिवसका अवसरमा कर्णाली प्रदेश प्रमुखकाे शुभकामना सन्देश
मंसिर २४ सुर्खेत
सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय” भन्ने मुल नारा रहेकाे अन्तरराष्ट्रिय मानव अधिकार दिवस विश्व मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभरि मानव अधिकार दिवस मनाउने गरिन्छ ।
मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षण प्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधार स्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरिएको यसै दिनको सम्झना स्वरूप प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रूपमा मनाउँदै आएको छ ।
दिवसको अवसरमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश सहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमार्फत परियारले नेपाल संयुक्त राष्ट्र संघको सदस्य भए पश्चात मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनको कार्यमा अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिबद्धता जनाउँदै आएको उल्लेख गरेका छन् । सोही प्रतिबद्धता अनुकूल हुने गरी नेपालको संविधानले विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकार अन्तर्गतका प्रायः सबै अधिकारहरूलाई मौलिक हकको रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा परियारले नेपालकाे संविधानले मानवअधिकारकाे सम्मान संरक्षण सम्बर्धन र प्रभावकारी कार्यान्वयनका सुनिश्चितलाई जाेड दिएकाले र संविधान र कानुन पदत्त आधारभूत मानवअधिकारकाे प्रात्याभुतिकाे लागि मुलुकमा विभिन्न संस्थागत संरचना तथा नितिगत तथा कानुनी व्यवस्था गराएकाले नेपालकाे स्वन्त्रता सार्वभाैमसत्ता भाैगाेलिक अखण्डता र स्वाधीनतालाई अक्षष्ण राख्दै माैलिक हक तथा मानव अधिकारकाे संरक्षण र सम्बर्द्धन सम्बन्धी क्रमस कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने कार्यलाई राज्यकाे दायित्वका रूपमा लिनु पर्नेमा जाेड दिइएकाे छ।
मानव अधिकार दिवस मनाउँदै गर्दा र यसकाे सन्दर्भमा सत्य निरूपण तथा मेल मिलाप आयाेग वेपत्ता छानविन आयाेग समेत गठन भइ क्रियाशिल रहेका छन। यसले संबैधानिक तथा कानुनी ब्यबस्थामा केही सन्तोषकाे विषय भएकाले यसकाे पुर्ण रुपमा कार्यान्वयकाे लागि सबै मानवअधिकारका पक्ष हरु सवल र चलायमान हुन सन्देश मार्फत शुभकामना दिइएकाे छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा