युवा नेता नागरीद्वारा असहाय, गरिब, विद्यार्थी तथा प्राकृतिक बिपत्तामा  परेका करिव ३ हजार ६सय  घर परिवारलाई राहत वितरण

युवा नेता नागरीद्वारा असहाय, गरिब, विद्यार्थी तथा प्राकृतिक बिपत्तामा परेका करिव ३ हजार ६सय घर परिवारलाई राहत वितरण

मंसिर २१ कञ्चनपुर

नेपाल परिवार दलका सुदुर पश्चिम संयोजक तथा युवा नेता   खडक नागरीले असाहय, गरिब, बिद्यार्थी तथा प्राकृतिक बिपत्तामा घर परिवारलाइ  राहत वितरण गरेका छन।

विज्ञापन

नागरीले एक बर्ष अवधिमा ३ हजार ६ सय  घर परिवारलाई राहत वितरण गरेका हुन।

उनले आफ्नो जन्मदिन मनाएको बर्खदिनसम्मको अवधिमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३ हजार ६सय  घर परिवारलाई सहयोग र राहत वितरण गरेका जानकारी दिएका छन।

एक बर्ष अवधिमा असहाय, गरिब, दिन दुखी, एकल महिला, बृद्धा, कोरोना, भूकम्प पीडितलाई खाद्यान्न, ब्लाङ्केट तथा राहात बितरण, बिद्यार्थीलाई शैक्षीक सामाग्री बितरण,कोरोनाको समय लगायत अन्य समयमा बिमारीलाई उपचारमा राहत   सहित ३ हजार ६ सय घर परिवारलाई राहत  दिइएको बताए ।

उनले नेपाल परिवार दल लगायत तथा  विभिन्न सहयोगी संस्थाको सहकार्यमा सुदूर पश्चिमका विभिन्न जिल्लामा पुगी पीडितलाई राहात तथा खाद्यान्न बितरण गरेका थिए।

उनकाे  पहलमा   जाडो याम देखी गर्मी यामसम्म ब्लाङ्केट तथा झुल बितरण तथा बिद्यार्थीहरु कपि कलम झोला बितरण, बाढी पहिरो डुवान, भूकम्प पीडितलाई खाद्य वस्तु र बिमारी बृद्धाहरूलाई उपचार प्रदान गरिएको छ ।

एक बर्षको अवधीमा   उनले  कैलालीको धनगढी वडा नम्बर १, २,३,५ र १६ मा, गोदावरी नगरपालिका ६,७ र १२ तथा टिकापुर नगरपालिका ५, ६ मा, घोडाघोडी नगरपालिका ४र८ मा, कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ मा खाद्यान्न, बलाङकेट, औषधी तथा विद्यार्थीहरूलाई कपि कलम झोला लगायतका सामग्री वितरण  गरेका छन ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका वडा न ८, १२ मा, बैतडीको पुर्चौडी नगरपालिका ४ मा, दार्चुलाको शैल्यशिखर नगरपालिका ४ तथा डोटीको सायल गाउँपालिका वडा नम्बर ४ मा पनी सोही सामाग्री बितरण गरिएकाे बताएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता