राष्ट्रिय कृषक समूह महासंघ,नेपाल कुमाखकाे अध्यक्षमा मेघराज शाह निर्वाचित
मंसिर २० सल्यान
राष्ट्रिय कृषक समूह महासंघ,नेपाल कुमाख गाउँपालिका प्रथम अधिवेशन कुमाख गाउँपालिकाकाे रागेचाैरमा सम्पन्न भएकाे छ।
राष्ट्रिय कृषक महासंघ नेपालका केन्द्र अध्यक्ष नवराज बस्नेतकाे विशेष उपस्थितिमा कुमाख गाउँपालिका कृषि शाखा र महिला शाखाका प्रतिनिधिकाे विशेष उपस्थितीमा प्रथम गाउँ सम्मेलन सम्पन्न भएकाे हाे । सम्पन्न प्रथम गाउँ सम्मेलनबाट मेघ राज शाहकाे अध्यक्षतामा ११ सदस्यीय पदाधिकारी चयन गरिएकाे छ ।

जसकाे उपाध्यक्षमा रेबिका शर्मा सचिव उर्मिला राना सह सचिवमा भिम बहादुर बुढाथोकी काेषाध्यक्षमा पदम कुमारी राना निर्वाचित भएका हुन।
सदस्यहरुमा सरिता बुढा नर बहादुर बाेहरा भिमा शर्मा नर बहाुर रावत हर्क बहादुर नेपाली रहेका छन।

राष्ट्रिय कृषक महासंघ,नेपाल सल्यान जिल्ला कार्यसमिति सचिव रण बहादुर बुढाकाे अध्यक्षमा सञ्चालन भएको कार्यक्रमकाे संचालन राष्ट्रिय कृषक महासंघ नेपाल शारदा नगरपालिका अध्यक्ष लुब्ध कृष्ण भट्टराईले गरेका थिए ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा