दैलेखमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आत्म सुरक्षा तालिम
मंसिर १९ दैलेख
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत दैलेखमा आत्म सुरक्षा तालिम सम्पन्न भएको छ ।
दशै भरी लैङ्गिक हिंसा विरुद्धकाे अभियानलाई मनाउदै गर्दा दैलेखमा भने फरक तारिकाले मनाउने अभ्यास गरिएकाे छ।
देश तथा बिदेशमा दिनानुदिन लैङ्गिक हिंसा भएका खबर आउदै गर्दा कुनै पनि पिडित कसरी सुरक्षित हुने भन्ने बिषयमा एक दिने आत्मरक्षा तालिम प्रदान गरिएकाे हाे।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्ध आव्हान आत्मरक्षाको तालिम हाम्रो अभियान भन्ने नाराका साथ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दैलेखले एक दिने आत्म सुरक्षा तालीम शनिबार सम्पन्न गरेको थियाे।
लैंगिक हिंसाको न्यूनीकरण गर्न कसरी सुरक्षित हुने र विशेष गरि बालबालिकामा हुने हिंसाको न्यूनीकरण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन दैलेखकी अध्यक्ष पुष्पा कुमारी थापाले जानकारी दिइन ।
उनले भनिन, “जिल्लामा आत्म सुरक्षाको लागि तालिम सम्पन्न गरेका छौ, शिक्षक शिक्षिकाले आफ्नै व्यक्तिगत खर्च व्यवस्थापन गरि कार्यक्रम सम्पन्न गरेका हौं ।”
जिल्लाको सबै स्थानीय तहबाट प्रति पालिका बाट २ जना शिक्षिका र एक जना शिक्षक प्रशिक्षार्थी सहभागीता रहेको कार्यक्रममा मुख्य प्रशिक्षकमा राष्ट्रिय प्रशिक्षक हेमा खडका र सहायक प्रशिक्षक पशुपति बुढाले प्रशिक्षण दिएकी थिइन । जिल्लामा कार्यक्रम सम्पन्न भएसँगै अब विद्यालय स्तरमा पनि आत्म सुरक्षा तालिम गर्ने निर्णय भएको बताइएको छ ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा