कृषि तथा पशु सेवाको पहुँच बिस्तारका लागि शारदा नगरपालिका सल्यान र कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत विच सम्झौता

कृषि तथा पशु सेवाको पहुँच बिस्तारका लागि शारदा नगरपालिका सल्यान र कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत विच सम्झौता

मंसिर ११ सल्यान

कृषि तथा पशु सेवाको पहुँच बिस्तारको लागि शारदा नगरपालिका सल्यान र कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत विच सम्झौता भएकाे छ।

विज्ञापन

शारदा नगरपालिका वडा नं ९ र १४ मा कृषि तथा पशु सेवाकाे पहुँच विस्तारका लागि सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना र संचालनको लागि

कृषि क्षेत्र बिकास कार्यक्रम सुर्खेत, शारदा नगरपालिका र सामुदायिक कृषि प्रसार सेवा केन्द्र बिच शारदा नगरपािलका सल्यानमा त्रिपक्षिय सम्झौता भएको छ।

नगरपालिकाको वडा न ९ र १४ मा कृषि तथा पशु पालनकाे लागि पकेट क्षेत्र  रहेकाे छ।

सम्झाौताले  नगरपालिकाकाे   वडा न ९ र १४ मा वडा तहमा नै कृषि तथा पशु सेवाको पहुँच बिस्तारमा थप सहजता हुने भएकाे छ।

शारदा नगरपालिकाका प्राय  वडाहरु  दुग्ध मासु र माैसमी र बेमौसमी तरकारी खेतीका लागी उत्पादन पकेट क्षेत्र छुटाएर पालिका संगकाे सम्झाैता अनुसार यस  नगरमा कृषक लक्षित  कार्यक्रम  सञ्चालनबाट कृषिमा कृषककाे जीवन स्तर बदल्न  लगानी र उत्पादन मुखी नतिजा दिँदै गएकाे र कृषक त्यस तर्फ आकर्षित भएकोले  अन्य वडामा पनि कार्यक्रम  विस्तार तथा विकासमा पालिकाले सहकार्य गर्ने  सम्झौतामा उल्लेख गरिएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता