आम सञ्चारकर्मी महावीर विश्वकर्माको सवारीसाधन दुर्घटनामा मृत्यु

आम सञ्चारकर्मी महावीर विश्वकर्माको सवारीसाधन दुर्घटनामा मृत्यु

मंसिर ६ चितवन

चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।

विज्ञापन

चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डढुवा आएका उनी मंगलबार  बिहान काठमाडौं फर्कदै थिए ।

५ः३० बजेको समयमा  राप्ती नगरपालिका  ६ हर्दि चोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार  बा४ख ४१२ नम्बरको माइक्रोहायस ठोक्किँदा उनको मृत्यु भएको हो ।

माइक्रोमा सवार  चालकसहित ६ जना घाइते भएकोमा विश्वकर्माका गाडीमा च्यापिएको अवस्थामा उद्धार  गरिएको थियो ।

३५ वर्षका महावीरलाई ०७: ३७ बजेको समयमा पुरानो मेडिकल कलेजले मृत घोषणा गरेको हो ।गाडीमा सवार अन्य ५ घाइतेको भने  पुरानो मेडिकल कलेजमानै उपचार भइरहेकोछ ।

चर्चित कार्यक्रम बहकिने मनका प्रस्तोता उनी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य पनि हुन् ।

पछिल्लो समय  दलितका मुद्दाहरूमा उनी सक्रिय भएर काम गरिरहेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता