पत्रकार महासंघ रूकुमका पूर्व अध्यक्ष चिन्तन समानुपातिक सांसदमा सिफारिस

पत्रकार महासंघ रूकुमका पूर्व अध्यक्ष चिन्तन समानुपातिक सांसदमा सिफारिस

काे हुन चिन्तन एक चिनारी र विश्लेषण सहित

भदाै २९ रुकुम पश्चिम

पत्रकार महासंघ रूकुमका पूर्व अध्यक्ष गणेश चिन्तन समानुपातिक सांसदमा सिफारिस भएका छन।

आसन्न मंसिर ४ गते सम्पन्न हुने संघ तथा प्रदेश चुनावको लागि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमले प्रत्यक्षतर्फ संघमा जनार्दन शर्मा ‘प्रभाकर’ तथा प्रदेशसभा क मा महेन्द्र केसी र प्रदेशसभा ख मा राजकुमार शर्माको नाम सिफारिस गरेको छ भने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि सात / सात जनालाई समानुपातिकतर्फ सर्वसम्मत सिफारिस गरेको छ ।

त्यसमध्ये नेपाल पत्रकार महासंघ रूकुमका निवर्तमान / पूर्व अध्यक्ष तथा प्रगतिवादी साहित्यकार गणेश बिक चिन्तन प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सदस्यको सूचिमा सिफारिस भएका छन् ।

तत्कालीन समयमा नेकपा माओवादीले शुरू गरेको जनयुद्धको थालनी गर्दा हाल कर्णाली प्रदेश सांसद तथा कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री गोपाल शर्मा अनल अखिल क्रान्तिकारी रूकुमको जिल्ला अध्यक्ष हुँदा चिन्तन सहसचिव थिए ।

प्रखर वक्ता , अध्ययनशिल , तार्किक र बौद्धिक रूपमा स्थापित चिन्तन जनयुद्धमा पुर्णकालीन क्याडर भएर भूमिगत भएका थिए । दाङको महेन्द्र बहुमुखी क्याम्पस दाङ भरतपुरमा उच्च शिक्षा अध्ययन र अखिल क्रान्तिकारीको विद्यार्थी राजनीति गर्ने सिलसिलामा ०५५ साल असार १५ गते चिन्तनलाई माओवादी आतंककारीको आरोपमा नेपालगन्जमा प्रहरीले गिरप्तारगरि साढे पाँच महिना राज्यले निर्मम यातनासहित बेपत्ता बनाएको थियो ।

निर्भीक , हक्की र बिद्रोही स्वभाव भएका चिन्तन रूकुम जिल्लामा एक बौद्धिक नेताको रूपमा स्थापित छन् । माक्र्सवादी साहित्य र दर्शनमा गहिरो अध्ययन र कविता लेखनमा बिशेष दखल राख्ने चिन्तनलाई राजनीतिककर्मी र पत्रकार भन्दापनि कविको रूपमा चिन्छन् ।

०३५ सालमा साविक गरायला गाबिस वडानं ०३ हाल सानीभेरी गाउँ पालिका वडानं ०३ मा बुवा बलबीर र आमा धनसराको साहिलो छोराको रूपमा जन्मिएका चिन्तनका ४ दाजुभाइ र ३ दिदीहरू हुनुको साथै एक श्रीमती र तीन छोराछोरी छन् । जेठो दाइ मुस्कान पूर्व जनमुक्ति सेनाको ब्रिगेड कमिसार भएको र नेतृत्वको पुर्वाग्रही सोचका कारण उनलाई निकै पछि पारिएको , उनको हातबाट पार्टी सदस्य लिई उनकै उत्प्रेणाबाट जनयुद्धमा होमिएकी बिमला केसी हाल पार्टीको कर्णाली प्रदेश कमिटीको अध्यक्ष र कर्णाली प्रदेश सरकारको कृषि मन्त्री समेत भैसकेकी छन् ।

मुस्कान भने हाल जिल्ला समन्वय समिति रूकुम पश्चिमको उपप्रमुखमा सिमित बनाइएको माओवादीका धेरै नेता तथा कार्यकर्ताले बताउँछन् । कान्छा भाइ युवराज जनयुद्ध तथा जनआन्दोलनका घाइते अपांगहरूको न्यायीक आवाज उठाउने जनयुद्धका घाइते अपांग योद्धा संघको केन्द्रीय सदस्य र माओवादीको प्रदेश कमिटी सदस्य छन् ।

जनयुद्धको समयमा निकै ठुलो योगदान बलिदान गरेको परिवार शान्ति प्रकृयापछि माओवादी पार्टीको समग्र राजनीतिक र बैचारिक स्थितिमा आएको बिचलन , अक्रमन्यता र नयाँ तथा पाको पुरानो नेता कार्यकर्ताहरूको गति मापन गर्ने मुल्यांकन पद्धति नभएको र समग्रमा माओवादी पार्टी संसदीय व्यवस्थाको भासमा भासिएका कारण एवं मुख्यतः रूकुम जिल्लाको नेतृत्व तहबाट चिन्तन परिवार ओझेलमा पारिएको उनका शुभचिन्तकहरू बताउँछन् ।

जनयुद्धको कलाइमेक्क्सको समयमा युद्ध( मिसन ) पत्रकारिता थालनी गरेका चिन्तन ०५८/०५९ सालमा माओवादीको जिल्ला हेडक्वाटरमा गोविन्द रोका सचिन हाल माओवादी केन्द्र रूकुम पश्चिमको जिल्ला संयोजक सचिनको नेतृत्वमा रहेको पार्टी जिल्लाको प्रचार बिभागमा रहेर नयाँ सन्देश पत्रिकामा कार्यकारी सम्पादकको भूमिका काम गरेका थिए ।

तत्कालीन सरकार तथा माओवादी बीचको दोस्रो शान्ति वार्ताकालको समयमा सदरमुकाम खलंगा आएपछि ०६० सालमा नारायण कुमार शाहको मुख्य पहलमा हरिबिष्णु वली र गणेश चिन्तनको अगुवाइमा नेपाल पत्रकार महासंघ रूकुम जिल्ला शाखा स्थापना गरेको र ०७० देखि ०७७ सालसम्म दुई कार्यकाल नेपाल पत्रकार महासंघ रूकुमको अध्यक्ष समेत भैसकेका चिन्तन बौद्धिक बर्गले चिन्ने र मान्ने एउटा आशा लाग्दो व्यक्ति हो र प्रतिनिधि सभा सदस्यको समानुपातिक सदस्यमा सिफारिस भएको निर्णय बाहिर आएसंगै रूकुम जिल्लाका प्रत्येक्ष तर्फका संघीय उमेदवार जनार्दन शर्मापछि चिन्तनको पक्षमा सामाजिक सञ्जाल र मिडियामा व्यापक रूपमा प्रचारप्रसार भएको पाइन्छ ।

सिफारिस भएका मध्ये कलबहादुर नाथ , बुद्धिप्रसाद शर्मा र नरबहादुर पुनपछि उनी सिनियर नेता हुन् ।

सिनियर मात्रै होइन जिम्मेवारी दिने हो भने गर्न सक्ने भिजन मिसन भएको नेता चिन्तन नै भनेर पार्टीका सिनियर अरू नेताहरूले बताउँछन्

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता