शैक्षिक सुधारमा लागि  अभिभावक संग अन्तरक्रिया

शैक्षिक सुधारमा लागि अभिभावक संग अन्तरक्रिया

भदाै २२ सल्यान

शैक्षिक सुधारका लागि छत्रेश्वरी गाउँपालिका १ दमाचाैरमा अभिभावक संग अन्तरक्रिया गरिएकाे छ।

भानुभक्त माध्यमिक बिदयालय छत्रेश्वरी १ दमाचाैरमा बालविकास देखी कक्षा ५ सम्मका बालबालिकाका अभिभावक संग अन्तरक्रिया गरिएकाे हाे।

शिक्षक अभिभावक संघका अध्यक्ष लेख ब चन्द को अध्यक्षता वडा न १ वडा अध्यक्ष तथा बि ब्य सअध्यक्ष प्रकाश हमाल को प्रमुख आथित्यतामा सञ्चालन गरिएकाे अन्तरक्रियामा बिद्यार्थीकाे पहिलाे जग भनेकाे घर र वालविकास भयकाे ले बालबालिकालाइ नियमित बिद्यालय सम्म पुर्याउन अभिभावककाे भुमिका मा ब्यापक छलफल गरिएकाे थियाे ।

पछिल्लाे चरणमा वालवालिकामा पढ्ने रुचीमा भन्दा माेवाइल मा स साना वालवािलकाकाे ध्यान गएकाले यस तर्फ अभभावक तथा शिक्षकले गभ्भीर ध्यान दिनु पर्ने अन्तरक्रियामा छ‍लफल चलेकाे थियाे।

बिद्यालयमा पाेशाक तथा कापी कलम बाेकेर बालबालिका भबिष्य निर्माण गर्न आएकाे समयमा भबिष्य निर्माणमा अधिभाभावक तथा शिक्षकले बालबालिकाले के प९्याे के पढ्याे भन्ने कुरा ध्यान दिन अध्यक्ष हमालले सुझाएका थिए।

गाउँपालिकाकाे शैक्षिक सुधार अभियान अन्तर्गत वडा अध्यक्ष हमालले अभिभावक संग छलफल गरेकाे बताइएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता