ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कञ्चनपुरमा जातिय बिभेद गर्ने पण्डित  विरुद्ध जाहेरी दर्ता

कञ्चनपुरमा जातिय बिभेद गर्ने पण्डित विरुद्ध जाहेरी दर्ता

महेन्द्रनगर भदाै १९

कञ्चनपुरको महाकाली नदीमा दलित भनेर जातीय भेदभाव गर्ने पण्डित विरुद्ध कारबाहीको माग गर्दै कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा पीडित पक्ष द्वारा किटानी जाहेरी दर्ता गरिएको छ ।

विज्ञापन

आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दुर्व्यवहार गर्ने पण्डित सहदेव भट्ट विरुद्ध पीडित सञ्जु नेपालीले किटानी जाहेरी दर्ता गरेकी हुन सो घटनाका दोषीलाई कारबाही हुनुपर्ने चौतर्फी माग छ ।

कञ्चनपुरको महाकाली नदीमा भदौ १६ गते पञ्चमीको दिन पूजाका लागि गएका भीमदत्त ०५ का सञ्जु नेपालीलाई दलितलाई बाहुनले पूजा गर्न मिल्दैन भनी टीका लगाउन र पूजा गर्न अस्वीकार गरेको पीडित महिला नेपालीले बताइन् ।

उनले भनिन, “ पण्डितले जात सोध्यो हामीले आफ्नो जात भन्यौ र हामी दमाई / नेपाली भएको थाहा पाए पछि हामीले पूजा गर्दैनौ, गर्न मिल्दैन, धर्मले कर्मले गर्न मिल्दैन भनेर पण्डितले भनेको हो ।

”हामीले पण्डितलाई प्रश्न गर्दै भने अरूको गर्ने ,हाम्रो पूजा किन् नगर्ने भनेर सोध्दा गर्न मिल्दैन भनेर फेरि इन्कार गरेको नेपालीले बताइन् ।

उनले थप्दै अगाडि भनिन् हामी माथि उनले सार्वजनिक रूपमा दुर्व्यवहार गरेका छन अब उनलाई कानुनी कारबाही हुनुपर्छ त्यसै अनुरूप हामीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएका छौ ।”

त्यसै गरी सार्वजनिक रूपमा जातिय आधारमा भेदभाव गर्ने पण्डित सहदेव भट्टले आफू बाट गर्न नहुने काम भएको , गल्ती भएको स्वीकार गरेका छन ।

सामाजिक अभियन्ता वीरेन्द्र बीसीले अहिलेको आधुनिक युगमा पनि यसरी सार्वजनिक रूपमा भेदभाव गर्नु जघन्य अपराध हो ,पीडकले कानुनी रूपमा कारबाही हुनुपर्ने बताए ।

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य र जिल्ला संयोजक क्रमशः ललित एसके र भरत विकले पनि दोषीलाई कारबाही गर्नुपर्ने मा जोड दिए ।

सोही घटनाको बारेमा थप अनुसन्धान गरी कानुनी कार्वाही हुने जिप्रका कञ्चनपुरका एसपी सिंह चौधरीले बताएका छन।

श्राेत युग प्रशे

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता