नेपाली काँग्रेस सल्यान निर्वाचन क्षेत्र नं १प्रदेश(क) समानुपातिक तर्फ बिक र दमाईकाे नाम सिफारिस
भदाै १६ सल्यान
नेपाली काँग्रेस सल्यान निर्वाचन क्षेत्र नं १प्रदेश सभा (क) समानुपातिक तर्फ प्रेम नारायण बिक र चक्र दमाईकाे नाम सिफारिस गरिएकाे छ।
आगामी मंसिर ४ गते हुने प्रदेश सभा (क) निर्वाचनका लागि उम्मेदवारहरूको नाम टुङ्गाे लगाउदै काँग्रेस सल्यानले समानुपातिक तर्फ प्रेम नारायण बिक र चक्र दगाइकाे नाम सिफारिस गरेको बताएकाे छ।
सिफारिस भएका प्रेम नारायण बिक नेपाली काँग्रेस क्षेत्र नं १ काे क्षेत्रिय सचिव तथा दमाइ दलित संघ जिल्ला अध्यक्ष हुन ।
बिहिबार सल्यान खलंगामा बसेको क्षेत्र नम्बर क को बैठकले प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो ।
बैठकले प्रत्यक्ष तर्फ प्रदेश सभाका लागि ३ जना र समानुपातिक तर्फ ११ जनाको नाम सिफारिस गरेको छ ।
प्रत्यक्ष तर्फ एकराज डाँगी, नेत्रलाल वली र सुरेश चन्दको नाम सिफारिस गरेको छ । यस्तै समानुपातिकमा महिला तर्फ चन्द्रकला हमाल, बिमला डाँगी वली र लक्ष्मी सुनारलाई सिफारिस गरिएको छ यस्तै, जनजाति तर्फ, काली बहादुर घर्ति मगर, ज्ञानदेव घर्तीलाई सिफारिस गरिएको बैठकले खस आर्यतर्फ गोरख बहादुर केसी, दिपेन्द्र कुमार खत्री र रुद्र बहादुर चन्द सिफारिस गरेको जनाएको छ ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा