पुर्व मन्त्री ज्वालाद्वारा लिफ्ट खानेपानी उद्घाटन बागचाैरका ४ सय घर धुरी लाभान्वित

पुर्व मन्त्री ज्वालाद्वारा लिफ्ट खानेपानी उद्घाटन बागचाैरका ४ सय घर धुरी लाभान्वित

भदौ १३, सल्यान । 

पुर्व मन्त्री प्रकाश ज्वालाद्वारा लिफ्ट खानेपानी उद्घाटन गरेका छन ।
सल्यानको बागचौर नगरपालिकाको मुकाम रहेको बागचौर बस्तीमा लिफ्ट खानेपानी उद्घाटन गरे सगै ४ सय घर धुरी लाभान्वित भएका छन । नगरपालिकाकाे मुकाममा करिव १हजार घरधुरी लाभान्वित हुने गरी सञ्चालन गरेकाे खानेपानी याेजना पुर्वमन्त्री ज्वालाले आज एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन।
एक घर एक धारा, शुद्ध खानेपानी बागचौर आयोजनाको अभिभारा भन्ने नाराका साथ निर्माण सुरु गरिएको बागचौर लिफ्ट खानेपानी आयोजनाको सोमवार एक कार्यक्रमका बिच उद्घाटन गरे संगै स्थानीयलाई दैनिकी सहज बनेको छ।
कर्णाली प्रदेश सरकार र जिल्ला खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय सल्यानको आर्थिक सहयोगमा लिफ्ट खानेपानी आयोजना निर्माण गरिएको हो । 
कुल ३ करोड १६ लाख बजेट मध्य १ करोड ९० लाख खर्च भएको र जनश्रमदान २० प्रतिशत बाट सम्पन्न भएको योजनामा १०० घनमिटरको ट्यांकी बागचौर बजार भन्दा माथि, ७० घनमिटरको ट्यांकी बेसमा रहेको र ३० घनमिटरको ट्यांकी जिउँला गाउँ माथि रहेको जिल्ला खानेपानी कार्यालय सल्यानका प्रमुख पदम राज देवकोटाले बताए।
आयोजनाबाट नगर भित्रका बागचौर बजार, थारमारे बजार, जिउँला र मिलन डाँडाका ४०० घरधुरी अहिले सम्म प्रत्यक्ष रुपमा लाभान्वित भएको र आगामी दिनमा आयोजना विस्तारका क्रममा १००० घर धुरी सम्म बिस्तार गर्ने लक्ष्य रहेको आयोजना अध्यक्ष ज्ञानेश्वर केसीले बताए।
आयोजनाका अध्यक्ष के.सीको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपमहासचिव ज्वालाको प्रमुख आतिथ्यता तथा बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमको विशिष्ट आतिथ्यता रहेको थियो । 
कार्यक्रममा बागचौर नगरपालिकाका नगर उपप्रमुख सुम्निमा डिसी वली, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्मा, जिल्ला खानेपानी कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटा लगाएत विभिन्न वडाका वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधिहरु उपभोक्ताहरु र पत्रकारहरुको उपस्थितिमा बागचौर लिफ्ट खानेपानी उद्घाटन गरिएको कार्यक्रमको संचालन बागचौर लिफ्ट खानेपानी आयोजना सचिव भिम बहादुर भण्डारीले गरेका थिए।

विज्ञापन

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता