कर्णाली प्रदेश सरकारकाे अर्थ मन्त्रीमा शाह र उर्जा तथा     जलश्राेत मन्त्रीमा कामी नियुक्त

कर्णाली प्रदेश सरकारकाे अर्थ मन्त्रीमा शाह र उर्जा तथा जलश्राेत मन्त्रीमा कामी नियुक्त

भदाै १३ सुर्खेत

कर्णाली प्रदेश सरकारकाे आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र उर्जा बिकास तथा जलस्रोत मन्त्रीमा राताे कामी नियुक्त भएका छन ।

विज्ञापन

नेकपा (माओवादी केन्द्र)को तर्फबाट आज कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा याेजना मन्त्रीमा शाह र उर्जा बिकास तथा जलश्राेत मन्त्रीमा कामी नि्युक्त भएका हुन।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेश प्रसाद सिंहले आइतवार मुख्य मन्त्री जीवन बहादुर शाहीलाई राजीनामा बुझाएका थिए।
पार्टीले उनीहरूलाई फिर्ता बोलाएपछि मन्त्री पदबाट राजीनामा दिएका दुवै जनाको आइतवार राजीनामा स्वीकृत भएकाे थियाे।

राजिनामा स्वीकृत भए लगतै माओबादी केन्द्र कर्णाली प्रदेश समितिले आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकाेटकी कृष्णा शाह र उर्जा बिकास तथा जलस्रोत मन्त्रीमा रुकुम पश्चिमका राताे कामीलाई सरकारमा पठाउने निर्णय गरेकाे थियाे।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता