सल्यानकाे बनगाड कुपिन्डे नगरपालिकामा भाइरल ज्वराेका बिरामी बढे

सल्यानकाे बनगाड कुपिन्डे नगरपालिकामा भाइरल ज्वराेका बिरामी बढे

नविन पि.एम. भदाै १२ सल्यान

सल्यानकाे बनगाड कुपिन्डे नगरपालिकाका बिभिन्न बस्तीका भाइरल ज्वराेका बिरामी बढेका छन।

नगरपालिकाकाे निगाल्चुला, मैदु, पोखरा, बामे, औलबेशी, किम्टाकुरा, खानी गाउ लगायतका ठाउँमा भाइरल ज्वरोका विरामीको संख्या बढेको वडा नम्बर ३ मेलटाकुराका स्थानीय बिरबहादुर घर्तिले बताएका छन।

बस्तिहरुमा भाइरल ज्वरोका विरामीको संख्या बढेकोले कोरोनाकाे आकलन गरिएकाे छ।

बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, शरीर दुःख्ने लगायतका लक्षण देखा परेका छन् ।

स्थानीय वडा स्वास्थ्य चौकीमा र अन्य मेडिकलमा उपचार गर्न आउनेको भिड बढेकाे छ। ज्वराेकाे संक्रमण बढे सगै

विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरु समेत विरामी परेका छन ।

गाउँ गाउँमा कोरोनाको लक्षणसँग मिल्ने विरामहरूको संख्या बढिरहेकाले बनगाडका बस्तीहरूमा निकै त्रास बढेकाे छ।

यस अगाडि नगरपालिकाको १२ नम्बर वडाको दुई वटा विद्यालयमा संक्रमण बढेकाे थाहा पाउन साथ नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको सक्रियतामा बिरामीको स्वास्थ्य अवस्था बुझ्न उक्त क्षेत्रमा स्वास्थ्य कर्मी परिचालन गरी विद्यार्थीकाे स्वास्थ्य अबस्था चेकजाँच गर्दा श्री सरस्वती प्राथमिक विद्यालय चाैरमा १ जना र श्री शिद्धेश्वरी माविमा २० जना गरी जम्मा २१ जनामा कोरोना समक्रमण देखिएकाे हाे

जम्मा १ सय ५९ जनामा एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख बासुदेव पोख्रेलले जानकारी दिएका छन।

अन्य गाउँहरूमा पनि भाइरल ज्वरोका बिरामी परेको खवर आएको र छिट्टै परीक्षणको प्रक्रिया मिलाउने नगर प्रमुख बुढाथोकिले बताए ।

कोरोना समक्रमण पुष्टि भएका लाई सुरक्षित होम आइसोलेसनमा बस्न आग्रह गरिएको नगर स्वास्थ शाखा प्रमुख पोख्रेलले बताएका ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता