सल्यान खलंगा कालिमाटी हुदै चप्पलगडी जाेड्ने  सडक कालाे पत्रे हुने

सल्यान खलंगा कालिमाटी हुदै चप्पलगडी जाेड्ने सडक कालाे पत्रे हुने

भाद्र ६ सल्यान

ट्रयाक खाेलेकाे २६ बर्षपछि सल्यान खलंगा मार्के कालीमाटी घुइयाबारी हुदै खर्कबार चप्पलगडी काेहलपुर जाेड्ने सडक कालाेपत्रे हुने भएकाे छ।

विज्ञापन

सल्यान सदरमुकाम बाट कालिमाटी जाेड्ने सडक ट्रयाक खाेलिएकाे २६ बर्ष पछि शारदा नगरपालिका वडा नं ८ काे दाेभान देखि कालीमाटी गाउँपालिकाकाे सिमाना जर्खु सम्मकाे १० किलाेमिटर माेटर बाटाे कालाे पत्रे हुने भएकाे हाे।

नेपाल सरकारका पुर्व सामान्य प्रशासन मन्त्री तथा संघिय सासंद टेक बहादुर बस्नेतले निर्वाचन क्षेत्र बिकास रणनैतिक सडक पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत पर्ने रणनैतिक महत्वकाे सडककाे आज उद्धघाटन गरेका हुन ।

संसद बस्नेतले उक्त सडक निर्माणका लागि २०७६ सालमा निबेदन दिएकाे र कार्यान्वयन प्रक्रियामा केही ढिला भए पनि जनतामा आफुले गरेकाे बाचा पुरा गर्न केही प्रयास गरेकाे बताएका थिए।

कुल लागत ३१ कराेड ४० लाखमा निर्माण कार्य सम्पन्न हुने कालाे पत्रे सडककाे चाैडाइ ७ मिटर ५० सेमी हुने माेटरबाटाेकाे सुरुवात बिन्दु शारदा नगरपालिकाकाे मार्के नाउला देखी जर्खु सम्म हुने बस्नेतले बताए।

सडक उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय उप प्रमुख असुविर बुढाथाेकी शारदा नगर प्रमुख प्रकास भण्डारी कालीमाटी गाउँपालिका अध्यक्ष दान बहादुर खत्री ले सडक निर्माणका लागि एक पटक पुर्खाकाे इतिहास बुझ्न आबश्यक रहेकाले सडक निर्माणमा अबराेध हैन सृजनात्मक सहयाेग गर्नु पर्ने बताए।

हामीले सरकार बाट के पाउछाै हैन सरकारलाइ के दिन सक्छाै भन्ने भावना राखे भावि सन्ततिले दुख पाउने बताएका थिए।

पिके निर्माण सेवाले दुइ बर्षमा काम समपन्न गर्ने गरी काम थालनी गरेकाे कार्यक्रकाे अध्यक्षता शारदा नगरपालिका वडा नं ८ का अध्यक्ष लक्ष्मण बुढाथाेकीकाे अध्यक्षता तथा सञ्चालन ९ नं वडा अध्यक्ष हेमेन्द्र बढाथाेकीले गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता