परिवयार सेवा समाज तनुहँकाे अध्यक्षमा गाेतामे निर्वाचित

परिवयार सेवा समाज तनुहँकाे अध्यक्षमा गाेतामे निर्वाचित

साउन ३० तनहुँ।

परियार सेवा समाज तनहुँको जिल्ला अध्यक्षमा गणेश कुमार गोतामे निर्वाचित भएका छन।

विज्ञापन

समाजकाे आइतबार समपन्न चाैथाे जिल्ला अधिबेशनबाट गाेतामे ५९ मत ल्याई निर्वाचित भएका हुन भने उनका प्रतिद्धन्दि राम बहादुर गुइदेलले १४ मत प्राप्त गरेका थिए।

अधिबेशनबाट गाेतामे अध्यक्षतामा २१ जनाकाे पदाधिकारी निर्वाचित भएकाे हाे।

समाजकाे उपाध्यक्षमा लक्ष्मण परियार

सचिव बुद्वकुमार परियार

कोषाध्यक्षमा लक्ष्मी परियार

सहसचिवमा रमेश सेवा

सदस्यहरु

अन्जान परियार, प्रताप परियार,अबिन परियार, राम बहादुर परियार, ज्ञानेन्द्र दर्जी, कृष्ण बहादुर परियार, लुम बहादुर परियार, शिव परियार, धन बहादुर परियार ब्यास ४, ध्रुब परियार, धन बहादुर परियार ब्यास १३,धर्मराज परियार, सोम बहादुर दर्जी, सुमित्रा परियार बन्दिपुर, सुमित्रा परियार ब्यास १,मायाँ परियार र बिष्णु माया परियार सदस्यमा निर्वाचित भएका छन।

तनहुँको दमौलिमा शनिबार निबर्तमान अध्यक्ष राम बहादुर गुइदेलको अध्यक्षतामा भएको उद्द्घाटन समारोहको प्रमुख अतिथी परियार सेवा समाज केन्द्रीय बरिष्ट उपाध्यक्ष प्रेम देबि परियार ले दिप प्रज्वलन गरि कार्यक्रम समुद्द्घाटन गरेकी थिइन।

कार्यक्रममा बोल्दै परियारले तनहुँका परियारहरु एकजुट भई रचनात्मक काम गर्न शुभकामना दिदै सांस्कृतिक र सिपको प्रबर्द्धन गर्नु पर्ने बताइन। यसै गरि बिशिस्ट अतिथी परियार सेवा समाजका केन्द्रिय सचिब लाल बहादुर परियारले परियार समुदायको सबै भन्दा पुरानो अनि मुख्य संस्था परियार सेवा समाज रहेको बताए।

देशै भरी बिस्तार गरिएको उक्त संस्था पछिल्लो समय केही ब्यक्तिहरुको स्वार्थ भावना र अहमताले बिबादमा चुलिएर सर्बोच्च अदालतमा मुद्दा परि बिचाराधिन अबस्थामा रहेकोले संस्थामा आबद्द रहेका सदस्यहरुमा नैरास्यता बढेर निष्क्रिय बन्दै गइ रहेको बेला पनि तनहुँ जिल्ला समितिले अधिबेशन गरेर सकारात्मक सन्देश दिएको बताए।

उनले भने बिबादित दुबै पक्षलाइ एकताबद्द भएर एउटै टिम बनाएर संस्था लाई सकृय बनाउन आग्रह गरेका छन।

यस्तै बिशिस्ट अतिथी परियार सेवा समाजका पुर्व केन्द्रिय कोषाध्यक्ष एबम राष्ट्रिय दलित आयोगका पुर्व सदस्य सचिब सिताराम घलेले पनि परियार सेवा समाजको पृष्ठभुमि बारे जानकारी गराएका थिए।

यसै गरि अतिथिहरुमा केन्द्रिय सचिवालय सदस्य जुम बहादुर परियार, केन्द्रिय सचिवालय सदस्य तथा स्याङ्जा जिल्ला अध्यक्ष लिल बहादुर परियार, कास्की जिल्ला अध्यक्ष किसान सेवा, तनहुँका संस्थापक अध्यक्ष भेगराम परियार, तनहुँका पुर्ब अध्यक्ष राम बहादुर घले, सुनचाँदी ब्यवसायी संघ तनहुँका अध्यक्ष बिनोद कुमार बिक (बिकास), मिझार समाज तनहुँका अध्यक्ष रण सिं नेपाली, तनहुँ सीप बिकासका अध्यक्ष रमेस सेवा र रिटर्नी माइग्रेड तनहुँका अध्यक्ष हरि परियारले मन्तब्य राखेका थिए।

उक्त कार्यक्रमाममा तनहुँ जिल्ला भरिका परियार समुदायका जनप्रतिनिधिहरु लाई र घिरिङ्ग गाउँपालिकाको प्रेस सल्लाहकार अन्जान परियार लाई पनि सम्मान गरिएको थियो।

जनप्रतिनिधिमा बन्दिपुर गाउँ कार्यपालिका सदस्य मिनाराम परियार,शुक्लागण्डकि नगर कार्यपालिका सदस्य रितु नेपाली, ब्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रा माया परियार, भिमाद नगरपालिका कार्यपालिका सदस्य सन्दिप परियार, भिमादका वडा सदस्य हरु मिना माया परियार, पार्बती परियार, रन्जना परियार, लक्ष्मी दमाई, भानुका सदस्य कल्पना परियार, म्याग्देका सदस्य होम बहादुर नेपाली र कल्पना परियार, बन्दिपुर वडा सदस्य कौसिला परियार र देबघाट वडा सदस्य सरस्वती परियार लाई सम्मान गरिएकाे कार्यक्रममा बुद्ध परियाकाे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन अन्जान परियारले गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता