बिभेद अन्त्य गर्न आन्दाेलन सगै समृद्धिकाे अभियान चलाउनु पर्छः नेता शाही

बिभेद अन्त्य गर्न आन्दाेलन सगै समृद्धिकाे अभियान चलाउनु पर्छः नेता शाही

श्रावन २७ सुर्खेत

बिभेद अन्त्य गर्न आन्दाेलन सगै समृद्धिकाे अभियान चलाउनु पर्ने कर्णाली प्रदेशका संस्थापक मुख्यमन्त्री तथा माओबादी केन्द्रका पाेल्युटब्युराे सदस्य नेता महेन्द्र बहादुर शाहीले बताएका छन।

विज्ञापन

नेपाल दलित मुक्तिमाेर्चा कर्णाली प्रदेश समितीले बिरेन्द्रनगर सुर्खेतमा आयाेजना गरेकाे चाैथाे पुर्ण बैठकमा यस्ताे बताएका हुन।

नेता शाहीले रिपाेर्टिङ्गमा उठेका प्रश्नकाे जवाफ सहित प्रशिक्षण मन्तब्यकाे क्रममा सम्बाेधन गर्दै कर्णालीकाे भुगाेल र जनसंख्या र आन्दाेलनमा दलित समुदायकाे सहभागिता मात्रै हैन ठुलाे कुर्वानी भएकाले यसलाइ संस्थागत गर्न दलित आन्दाेलन अझै आवश्यक्ता भएकाे बताए।

उनले भने नेपालमा बर्गिय मुक्ती आन्दाेलनकाे थालनी गरेकाे माओपाटी माओबादी केन्द्र नै भएकाले माओबादी आन्दाेलनबाटै उत्पिडित समुदायकाे मुक्तीकाे दस्ताबेजकाे रुपमा नेपालकाे संबिधान २०७२ आएकाे बताए।

माओबादी केन्द्रले गरेकाे उत्पिडित बर्ग समुदायकाे आत्मसम्मान र सामाजिक न्याय प्राप्तकाे आन्दाेलनले अझै पुर्णता नपाएकाेले यसका लागि दलित मुक्तिमाेर्चाले बिभेद बिरुद्धकाे दलित मुक्ति आन्दाेलन सगै समृद्धिकाे अभियान चलाउनु पर्ने सुझाएका छन।

कर्णाली प्रदेश सरकारकाे नेतृत्व आफुले गरेकाे बेला उत्पिडित बर्ग समुदायकाे आर्थिक समृद्धीकाे लागि मुख्यमन्त्री स्वराेजगार कार्यक्रम महिला तथा दलित सहकारी मार्फत उद्यमशिलता बिकास सगै जीविकाे पार्जनकाे लागि बिउपुजी सहयाेग कार्यक्रम सञ्चालन गरेकाेले यसलाइ आन्दाेलन र समृद्धिका रुपमा सञ्चालन गरे बिभेद बिरुद्धकाे अभियानमा सहयाेग पुग्ने बताए ।

उत्पिडित बर्ग समुदायकाे अधिकारका रुपमा स्थापित संबिधानलाई दुइ दुइ पटक बिघटन गर्ने केपी वली र उनले नेतृत्व गरेकाे दल नेकपा एमाले ले उत्पिडित बर्गलाइ झन उत्पिडन गर्न प्रयत्न गरेकाले यसका बिरुद्ध माेर्चाले सशक्त अभियान सञ्चालन गर्नु पर्ने बताए। उनले भने अहिलेकाे राष्टिय राजनिती ब्यबस्था बचाउन लागेकाले ७९ मंसिर ४ गते हुने प्रदेश र संघकाे निर्वाचनमा यस्ता दल र ब्यक्तिका बिरुद्ध माेर्चाले अभियान चलाउनु पर्ने आग्रह गरेका छन।

दुइ दिन सम्म आयाेजना गरेकाे चाैथाे पुर्ण बैठककाे पहिलाे दिन माेर्चाका जिल्ला स‍ंयाेजक तथा पालिका इन्चार्जहरुले रिपाेर्टिङ्ग गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता