सल्यानकाे कुमाख गाउँपालिकाले  नीति तथा कार्यक्रम ल्याउन सकेन

सल्यानकाे कुमाख गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याउन सकेन

शंकर तिवारी असार १२ सल्यान

सल्यानकाे कुमाख गाउँपालिकाले निती तथा कार्यक्रम समयमा ल्याउन सकेकाे छैन।

विज्ञापन

कार्यपालिका बैठकमा बिषयगत समिती गठन प्रक्रियामा बिबाद भए पछि गाउँपालिकाले निती तथा कार्यक्रम ल्याउन नसकेकाे हाे ।

बिषयगत समिती गठन प्रक्रियामा दुइ पटक छलफल गरिएता पनि सहमति नहुदा निती तथा कार्यक्रम नै अन्याैलमा परेकाे छ।

कार्यपालिका बैठकमा माओवादी केन्द्रकाे तर्फबाट ५ वटा बिषयगत समिती मध्ये आर्थिक विकास,सामाजिक विकास, तथा पुर्वाधार विकास मुख्य ३ वटा समितिको दावी नछोडेपछी सहमति हुन नसकेको गाँउपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले जानकारी दिए।

काँग्रेस र एमाले गठबन्धनकाे तर्फबाट सामाजिक बिकास र पुर्वाधार बिकास समिती दाबी गरिएकाे थियाे तर सहमतिकाे लागी सामाजिक बिकास समिती काँग्रेसलाइ दिएयर ४ वटा समिती माओबादी केन्द्रलाइ दिएकाे अध्यक्ष बुढाथाेकीले बताए।

सहमतिका लागि सबैलाइ मिलायर लिन आफु सधैं तयार रहेकाले सहमतिकाे प्रयास भइ रहेकाे अध्यक्ष बुढाथाेकीले बताए।

तर माओवादी केन्द्र वडा नं १ का वडा अध्यक्ष डिल्ली रानाले जेठ ८ गते र असार ४ गतेको कार्यपालिका बैठक सौहार्दपुर्ण रुपमा केही निर्णय र छ्लफल भएपनी असार ७ गतेको बैठकमा बिषयगत समिति गठनमा गठबन्धनले छलफल नै नगरी नीति तथा कार्यक्रम ल्याउन जोड गरेकाले आफुहरुले त्यसो नगरी क्रमिक रुपमा अगाडि बढनुपर्ने धारणा राखेको बताए।

१५ सदस्यीय कार्यपालिका रहेकाे कुमाख गाउँपालिकामा माओवादी केन्द्र बाट १० काँग्रेस एमाले(गठबन्धन) का ५ सदस्य रहेका छन। त्यस्तै ३९ सदस्यीय गाँउसभामा माओवादिका २१ सदस्य र काँग्रेस एमाले(गठबन्धन) का १८ सदस्य रहेका छन। गाँउपालिकामा अध्यक्ष र उपाध्यक्ष जिते पनि गठबन्धन अल्पमतमा रहेकाे छ।

योजना तर्जुमा र बजेट बाँडफाँडमा बिषयगत समितिको भूमिका विशेष हुने गर्दछ।

गाँउपालिकामा बिषयगत समितिमा अन्तरगत आर्थिक विकास,सामाजिक विकास,पुर्वाधार विकास,वन तथा वातावरण विपत ब्यवस्थापन र सुशासन तथा संस्थागत विकास समिती हुने गर्दछन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता