बनगाड कुपिण्डे नगरपालिकाले ल्यायो झण्डै ७० करोड बजेट

बनगाड कुपिण्डे नगरपालिकाले ल्यायो झण्डै ७० करोड बजेट

इन्द्र बुढाथाेकी असार ११ सल्यान

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आगामी आर्थिक बर्ष ०६९/०८० का लागि झण्डै ७० करोड बजेट अनुमानित बजेट ल्याएकाे छ।

विज्ञापन

गत शुत्रबार नगरसभा सदस्य सुनिता सार्कीकाे असमायिक निधन भएकाले शाेक प्रस्ताव पारित गरी सम्पन्न नगर सभाले शनिवार बिहान झण्डै ७० कराेड अनुमानित बजेट प्रस्तुत गरेकाे छ।

नगरपालिकाले आर्थिक बर्ष ०६९/०८० का लागि ६९ करोड ९१ लाख अनुमानित बजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख कर्णा बहादुर बुढाथाेकी छाहारीका अनुसार कुल बजेट मध्ये चालुतर्फ ४४ करोड ४५ लाख  अर्थात ६३.६ प्रतिशत र पुँजीगततर्फ २५ करोड ४६ लाख अर्थात ३६.४ प्रतिशत बजेट विनियोजन गरिएको छ । 

प्रस्तुत गरिएकाे बजेटमा आन्तरिक राजस्व बाट १ करोड, नेपाल सरकार वित्तीय समानीकरण अनुदान अन्तर्गत १२ करोड ६४ लाख, विशेष अनुदान बाट ७० लाख, समपूरक अनुदान बापत १ करोड र सशर्त  अनुदानबाट २७ करोड १३ लाख तथा राजस्व बाँडफाँटबाट १२ करोड ६४ लाख अनुमान गरिएको छ । 

नगरसभामा प्रस्तुत गरिएकाे बजेटमा कर्णाली प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबाट १ करोड ३० लाख, राजश्व बाँडफाँटबाट २९ लाख, समपूरक अनुदान १ करोड विशेष अनुदान ७० लाख र सशर्त अनुदान २ करोड ५७ लाख बेहोर्ने र चालु आर्थिक वर्षको खर्च हुन नसकेर बाँकी रहेको ९ करोड बचत रहेको बताइएकाे छ।

नगर प्रमुख बुढाथाेकीले पालिकाको विपद् व्यवस्थापनका लागि १५ लाख बजेट विनियोजन गरिएको बताए ।

उनले भने हामीले यहाँको पर्यटनको लागि पनि बजेट छुट्याएका छौँ ।

पर्यटन प्रवर्द्धनका लागि १ करोड, वन तथा भू–संरक्षण र जलाधार संरक्षणका लागि १ करोड ६५ लाख, बनगाड खोला र सङ्ग्रही खोलाको तटबन्धका लागि ४० लाख, संस्थागत विकास सुशासन तथा सेवा प्रवाहमा १२ करोड ११ लाख बजेट विनियोजन गरेकाे बताए ।

सडक पूर्वाधारका क्षेत्रमा १ करोड ५० लाख, साना सिँचाई आयोजनाका लागि ५० लाख, कृषि क्षेत्रका लागि ७० लाख, सार्वजनिक सेवामा लागि वडा कार्यालय निर्माण ८० लाख बजेटको व्यवस्थापन गरिएको छ ।

नगरपालिकामा चमेनागृह स्थापनाकाे लागी २० लाख बजेटको व्यवस्थापन गरिएको बढाथाेकीले बताए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता