छत्रेश्वरी गाउँपालिकाको आर्थिक बर्ष ०७९/०८० को  निति तथा कार्यक्रमको पुर्ण पाठ

छत्रेश्वरी गाउँपालिकाको आर्थिक बर्ष ०७९/०८० को  निति तथा कार्यक्रमको पुर्ण पाठ

निति तथा कार्यक्रममा समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय नारालाई साकार पार्न ‘दिगो विकास र सुशासनको लहर, छत्रेश्वरीवासीको रहर’ भन्ने नारालाई आत्मसाथ गर्दै म बनाउछु मेरो छत्रेश्वरी’  “काखमा बच्चा हातमा भत्ता“ , एक बच्चा जन्मिदा २ बिरुवा रोप्ने हाम्रो छत्रेश्वरी’ बिषय स्थानिय पाठ्यपुस्तक कार्यन्वयनमा ल्याईने, एक गाउँपालिका एक प्राविधिक शिक्षालय सगै गुराँसे युद्ध पर्यटन क्षेत्र बिकास सगै उपाध्यक्ष सँग लक्षित वर्ग उत्थान कार्यक्रम संचालन गर्ने र सामाजिक सुरक्षा भत्ता वडा बाटै वितरण गर्ने नितीलाई प्राथमिकता दिइएकाे छ।

असार १०, सल्यान

विज्ञापन

सल्यानको छत्रेश्वरी गाउँपालिकाको १२ औं गाउँसभा तथा बजेट अधिवेशन बिहिबार सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले ०७९/०८० को  निति तथा कार्यक्रम पेश गरेका छन भने उपाध्यक्ष बुद्ध कुमारी खत्रीले बजेट प्रस्तुत गरेकी छिन। उपाध्यक्ष बुद्धा खत्रीले आर्थिक बर्ष २०७९/०८० को लागि ४९ करोड, ५१ लाख, ६२ हजार, ४ सय ९४ प्रस्तुत गरेकाे सर्वसम्मत पास गरिएकाे छ।

छत्रेश्वरी गाउँपालिकाकाे निती तथा कार्यक्रमकाे पुर्णपाठ

म बनाउछु, मेरो छत्रेश्वरी’ भन्ने अभियान सुरुवात गर्ने यो अभियान सफल पार्नको लागी विशेष गरी युवा जनशक्ती र खेलाडी परिचालन गरिने ।’

२ कृषि तथा पशुपालन तर्फ गाउँपालिकाले व्यवसायिकरण, विविधिकरण, आधुनिकिकरण र यान्त्रिकरणका माध्यमबाट उत्पादकत्व वृद्धि गर्ने,

 ३ विउविजन, मलखाद, कृषि औजार र कृषिजन्य उत्पादनको ढुवानिमा अनुदानको व्यवस्था गर्ने,

‘४ उत्पादनमा प्रोत्साहन, उत्कृष्ट कृषकलाई सम्मान’ भन्ने नारालाई आत्मसाथ गरि उत्कृष्ट किसानलाई सम्मान गर्ने, कृषि तालिम तथा भ्रमणको आयोजना गर्ने,

५ सुन्तला तथा किवि उत्पादन क्षेत्रमा जुस फ्याक्ट्री तथा चिस्यानकेन्द्र स्थापना गर्न प्रदेश सरकार सँग समन्वय गर्ने, अदुवा तथा टिमुर प्रशोधन केन्द्र स्थापनामा पहल गर्ने

६ लघु उद्यम विकास सम्बन्धि निति अन्तरगत स्थानिय स्रोत साधन र सिपको प्रयोग गरि उद्यमशिलता विकासक माध्यम बाट रोजगारी सिर्जना र आत्मनिर्भरतालाई सुनिश्चितता गर्ने,

७ उद्यमशिलता प्रवद्र्धनको लागी छोटो तथा लामो अवधिका तालिमहरु संचालन गर्ने,

 ८ वैदेशिक रोजगारीबाट फर्केर कृषि तथा उद्यमसिल कार्यमा लाग्ने व्यक्तीहरुलाई गाउापालिकाले विशेष प्रोत्साहन गर्ने र गाउँपालिकामा साना, माझौला, र ठुला उद्योग स्थापना र संचालनका लागी विशेष प्रोत्साहन गर्ने

९ खानेपानी तथा सिचाई सम्बन्धि निति अन्तरगत गाउँपालिकाले विगत देखि निर्माणाधिन ठुला आयोजनाहरुलाई तत्काल सम्पन्न गर्ने,

 १० एक घर एक धाराको निति अख्तियार गर्ने,

११ सिचाई कुलो स्तरोन्नति गर्ने तथा ठुला सिचाई आयोजनाको लागी संघ र प्रदेश सरकार सँग समन्वय गर्ने

 १२ खानेपानी तथा सरसफाईको लागी ‘वास प्लान’ तयार गरि साझेदार संस्था सँग सहकार्य र समन्वय गर्ने।

१३ लक्षित वर्ग विकास तथा सामाजिक समावेशीकरण सम्बन्धि निति अन्तरगत समाजमा व्याप्त विभेद, अन्धविश्वास र कुप्रथा अन्त्य गर्न आमा समुह मार्फत जागरण, स्वास्थ्य स्वयंसेविका परिचालन र बाल क्लवहरु गठन गरि किशोरी शिक्षा तथा बाल बिवाह न्युनिकरण लगायतका कार्यक्रम मार्फत सचेतना अभियान संचालन गर्ने,

 १४ लक्षित वर्गको लागि सिपमुलक कार्यक्रम मार्फत क्षमता विकास एवं रोजगारी सिर्जना गर्ने,

‘१५ जेष्ट नागारिकको सम्मान, पराम्परागत ज्ञान सिप र अनुभव हस्तान्तरण भन्ने मुल नाराका साथ जेष्ठ नागरिक सम्मान र अनुभव आदानप्रदान तथा सहुलियत कार्याक्रम संचालन गर्ने,

१६ उपाध्यक्ष सँग लक्षित वर्ग उत्थान कार्यक्रम संचालन गर्ने र जेष्ठ नागरिक लगायत सामाजिक सुरक्षा भत्ता वडा बाटै वितरण गर्ने

१७ वन, वातावरण तथा विपद व्यवस्थापन निति अन्तरगत सामुदायिक वनबाट भएको आम्दानीको २५ प्रतिशत रकम प्रकोप नियन्त्रण तथा न्यूनिकरणमा खर्च गर्न व्यवस्था गर्ने,

१८ विपदको जोखिम क्षेत्रमा रहेका बसोवासलाई उचित स्थानमा व्यवस्थापन गर्ने तथा विपद न्युनिकरण सम्बन्धि सचेतना कार्यमा जोड दिने,

१९ वन वातावरण संरक्षण, बृक्षारोपन, तटबन्ध निर्माण जस्ता कार्य स्थानियको सहभागितामा संचालन गर्ने,

२० गाउँपालिकाका पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र दिगो विकासको मापदण्डलाई आत्मसाथ गर्ने, एक बच्चा जन्मिदा २ बिरुवा रोप्ने अनुदानको ब्यबस्था गर्ने।

२१ सडक यातायात तथा पूर्वाधार विकास सम्बन्धि गाउँपालिकाको गौरवको योजनाको रुपमा रहेको शंखमुल– जयचौर –खर्सुबास – र शंखमुल – जिताठान – तुसारे सडकको निर्माण तथा स्तरोन्नति गर्न गापाका मेशिनरी औजार अधिकतम परिचालन गर्ने,

२२ लान्ती –लेखपोखरा – दमाचौर सडकलाई कालोपत्रे गर्न संघिय सरकार सँग मिलेर काम गर्ने,

२३ गापाका अन्य सहायक बाटाहरु बर्षातको समयमा पनि नरोकिने गरि मेशिनरी औजार परिचालन गरिने

२४ शिक्षा युवा तथा खेलकुद सम्बन्धि निति अन्तरगत गापा भित्रका सवै बालविकास सहजकर्ता र विद्यालय कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, सवै सामुदायिक विद्यालयहरुमा इन्टरनेत जडान गरिने, शैक्षिक सत्र २०८० बाट ‘हाम्रो छत्रेश्वरीबिषय कार्यन्वयनमा ल्याईने, नमुना विद्यालय कार्यविधि निर्माण गरि नमुना उन्मुख विद्यालय पहिचान तथा विकासको कार्य अघि बढाईने,

 २५ नतिजा र बाल शिक्षा केन्द्र व्यास्थापनको आधारमा विद्यालयहरुलाई पुरुस्कृत गर्ने कार्य अघि बढाईने,

 २६ विद्यार्थी संख्या र भुगोलको आधारमा सामुदायिक विद्यालयहरुको मुल्याङ्कन गरि दरबन्दि मिलान र विद्यालय समायोजन कार्य अघि बढाईने,

२७ अध्यक्ष कप र राष्ट्रपति रनिङसिल्डमा उत्कृष्ट प्रतिभा प्रर्दसन गर्ने खेलाडी र विद्यालयलाई पुरस्कृत गरिने,

 २८ शिक्षकको पेशागत क्षमता विकासको लागी तालिमको व्यवस्था गर्ने

२९ प्रधानाध्यापक सँग करार सम्झौता गरि नतिजामूलक कार्यसम्पादन सम्झौताको आधारमा विषयगत शिक्षक, प्रधानाध्यापक, विद्यालयलाई performance Based Grants सुरुवात गरिने

३० विद्यालयहरुको अनुगमन र मूल्यांकनका लागी वडाका अगुवा विद्यालय Leader to Feeder अनुगमन मोडेल अपनाइने,

३१ शिक्षालाई सुचना तथा प्रविधीमैत्री बनाउनका लागी एक शिक्षक एक ल्यापटपको अवधारणा अनुरुप आगामी ५ बर्ष भित्र गाउँपालिका भित्रमा सञ्चालित सम्पूर्ण शिक्षकहरुलाई ल्यापटप वितरण गरिने,

 ३२ बालबालिका सँग अध्यक्ष कार्यक्रम मार्फत विद्यालयमा बालबालिकाले भोग्नुपरेका समस्या विद्यालय गतिविधी तथा अभिभावक सँगको अन्तरक्रिया मार्फत शैक्षिक गुणस्तर सुधारका लागी आवस्यक पहल गरिने,

३३ एक गाउँपालिका एक प्राविधिक शिक्षालय भन्ने राष्ट्रिय नीतिलाई आत्मसाथ गर्दै प्राविधिक शिक्षालय स्थापना गर्न प्राथमिकतामा राखिने,

 ३४ हाललाई प्राविधिक शिक्षा अध्ययनको लागी प्रत्येक वडाबाट कम्तीमा २ जना विद्यार्थी छनोट गरी छात्रावृत्ति प्रदान गरिने,

 ३५ एस्. ई ई मा उत्कृष्ट ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई प्रोत्साहन गरिने,

 ३६ शुन्य दरवन्दी भएका विद्यालयमा शिक्षक व्यवस्थापनका लागी शिक्षण सिकाई अनुदान कार्यविधि बनाई शिक्षक व्यवस्थापनका लागी अनुदान उपलब्ध गराइने,

 ३७ गाउँपालिकामा एक आवासिय विद्यालय निर्माणका लागी पहल गरिने,

 ३८ नेपाल सरकारको पढ्दै कमाउदै कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक सहजिकरण गरिने,

३९ गाउँपालिक भित्रका प्रत्यक बर्ष एस्. ई.ई. मा सहभागीहुने सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई कम्तीमा एक महिना निःशुल्क ट्यूसन कक्षा सञ्चालन गरिने,

४० स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नारालाई सफल पार्न र छत्रेश्वरीको खेलकुद विकासको लागी पालिका स्तरिय खेलकुद समिती गठन प्रक्रिया अगाडी बढाइने।

४१ स्वास्थ्य संस्थाहरुबाट दिइने सेवा लाई थप प्रभावकारी र नागरिक मैत्री बनाउन संस्थागत क्षमता विकास, स्रोत साधनको प्रयाप्त व्यवस्था उचित जनशक्ति व्यवस्थापनको कार्यलाई विशेष जोड दिइने

४२ प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा आधुनिक मेडिकल उपकरण र विषेशज्ञ चिकित्सकको नियमित व्यवस्थाका लागी पहल गरिने,

४३ एम्बुलेन्स सेवालाई २४ सै घण्टा उपलब्धताको व्यवस्थाका साथै पिडित तथा अति विपन्न समुदायमा सहुलियतको व्यवस्थालाई निरन्तरता दिने,

 ४४ एक वडा एक एम्बुलेन्सको नीति लिई एम्बुलेन्स सेवा विस्तार गरिने,

४५ समुदायिक स्वास्थ्य संस्थालाई पुर्बाधार विकास तथा सेवा विस्तारमा स्तरोन्नतिका लागी पहल गरिने,

४६ आगमी वर्ष देखि नै सामुदायिक स्वास्थ्य संस्थामा क्रमशः बर्थिङ सेन्टर संचालन गरिने,

४७ स्वास्थ्य जागरण तथा सचेतनाका लागी स्वास्थ्य आमा समुह र स्वयं सेविकाहरुको परिचालन गरिने,

 ४८ जेष्ठ नागरिकको बृद्धा अवस्थामा हुने स्वास्थ्य समस्या र असक्ततालाई मध्यनजर गर्दै गाउँपालिकाबाट जेष्ठ नागरिकको सामान्य स्वास्थ्य जाँचका लागी घरदैलो उपचार सेवा कार्यक्रम बर्षमा कम्तीमा दुई पटक संचालन गरिने।

४९ सुत्केरी आमा तथा शिशुको खाद्य अधिकार सुरक्षित गर्न उपाध्यक्ष संग सुत्केरी कोसेली उपहार कार्यक्रम संचालन गरिने,

 ५० नव स्थापित बजार क्षेत्रहरु लान्ती , दमाचौर, लेखपोखरा जयचौर, दारिम ज्युला, शंखमुल लगायतका बजार क्षेत्रमा फोहरमैला व्यवस्थापन औजार, डम्पिङ साइड निर्माण, नाला कटान लगायतका कार्यमा जोड दिइने,

५१ सम्पुर्ण छत्रेश्वरी बासीलाई कोभिड १९ विरुद्धको खोपको सुनिश्चितता गरिने,

५२ गाउँपालिकाको लेखपोखरा प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बेडको आधारभूत अस्पताल निर्माणका लागी आवस्यक प्रक्रिया अगाडी बढेकोले आगामी बर्ष भित्र सम्पन्न गर्न गाउँपालिकाले आवस्यक समन्वय गर्ने,

५३ नेपालको सबै भन्दा बढी कुपोषण भएको प्रदेश कर्णाली भएको र सो अवस्थाबाट मुक्त गर्न संघिय सरकार तथा प्रदेश सरकारबाट बहुक्षेत्रीय पोषण सम्बन्धी विविध कार्यक्रम सञ्चालनमा रहेकोले गाउँपालिकाले समेत आर्थिक व्ययभार व्यहोरी कुपोषण निर्मूल पार्न आवस्यक रणनीति तयार गरिने।

५४ बर्थिङ सेन्टरमा सुत्केरी हुन आएका सुत्केरीहरुलाई दिइने भत्ता समयमा नपाएको गुनासो अन्त्य गर्ने सुत्केरी पश्चात “काखमा बच्चा हातमा भत्ता उपलब्ध गराउने नीति अवलम्बन गरिने छ ।

५५ आयुर्वेद सम्बन्धी नीति अन्तरगत गा. पा. भित्रमा आधारभुत स्वास्थ्य सेवा संग नागरिक आफैले रोजेको स्वास्थ्य पद्दति (जस्तै(आयुर्बेद तथा अन्य बैकल्पिक) लाई आम नागरीक सम्म पुग्ने गरी प्रभावकारी रुपमा संञ्चालण गर्ने व्यवस्था मिलाईने

५६ स्थानिय स्तरमा उपलब्ध हुने जडिबुटीहरुको रोपन, संरक्षन, संकलन कार्य गरि स्थानिय स्तरमा नै आयुर्बेद औषधि निर्माण कार्य संञ्चालन गर्न उपयुक्त कदम चालिने,

५७ स्थानिय तहमा एक आरोग्य तथा योगशाला निर्माण गरिने

 ५८ संघिय निति अनुरुप यस गा. पा. भित्र पनि “योग गरौ स्वस्थ रहौ” भन्ने उद्देश्य स्वरुप योग भवण निर्माण कार्यका लागी यथोचित कदम चालिने,

५९ एक आ. व. को प्रत्येक चौमासिकमा दक्ष्य योग गुरुको संलग्नतामा योग शिविर संञ्चालन गर्ने प्रबन्ध मिलाइने ब्यवस्था गरीने,

६० गा. पा. भित्रका नागरिक जो आयुर्बेद स्वास्थ्य सेवा लिनबाट बन्चित छन, ति नागरिकका लागि उपयुक्त स्थान (वडा नं. १,२,४ र ५ मध्य) छनोट गरि दक्ष्य आयुर्बेद बिशेषज्ञ चिकित्सकको उपस्थितिमा निःशूल्क आयुर्बेद स्वास्थ्य शिविर संञ्चालन गर्ने व्यवस्था मिलाईने

६१ गा. पा. को केन्द्रबाट नजिकमा पर्ने वडाहरु ( वडा न ३ र ७) मा जिर्ण जन्य नसर्ने रोग व्यवस्थापन गर्न प्रत्यक महिनाको २ पटक गाउँघर क्लिनिक संञ्चालन गर्ने

६२ पालिका भित्रका प्रत्येक गर्भवती, सुत्केरी र नवजात शिशु हरुको पोषण स्तरलाई मध्यनजर गर्दै दुग्धबर्धक, पोषण युक्त आयुर्बेद औषधि वितरण कार्यलाई प्रभावकारी रुपमा व्यवस्थित गरीने,

६३ जेष्ठ नागरीकको बयोबृद्ध अवस्थालाई मध्यनजर गर्दै बिशेष जेष्ठ नागरीक लक्षित शिविर संञ्चालन को व्यवस्था मिलाईने,

६४ रोग प्रतिरोध क्षमता बढाउने शक्ति बर्धक पोषण युक्त आयुर्बेद औषधिहरुको वितरण गर्ने व्यवस्था मिलाईने,

६५ पालिका भित्रमा आर्थिक, व्यापारीक तथा जडिबुटी प्रयोगमा लाभ लिने उद्धेश्यको हेतुका साथ एक जडिबुटी उद्यान बनाई ब्यवस्थित गर्दै लैजाने रननिति लिइने

६६ पालिकाको यरिया भित्र उपलब्ध हुने जडिबुटीहरुको पहीचान र अनुसन्धान गर्न एक विशेष ब्यवस्था गरीने,

६७ विद्यालय स्तरबाट नै चेतना स्तर प्रभावकारी रुपमा प्रवाह हुने भएकाले विद्यालय आयुर्बेद स्वास्थ कार्यक्रमलाई प्राथामिकताका साथ प्रभावकारी ढङगले संञ्चालन गर्दै लगिने,

६८ आयुर्बेद तथा बैकल्पिक चिकित्सा सेवाको दायरालाई अझ बढी फराकिलो पार्न यस गा. पा. मध्य वडा नं. २ दमाचौर, वडा नं. ४ जयचौर र वडा नं. ५ लेखपोखरा मा आयुर्बेद सेवा केन्द्र स्थापना कार्य थालनी गरि सेवा सुचारु गर्न समभाब्यता अध्यन गरि , कार्यप्रक्रिया लाई अबिलम्ब थालनि गरीने,

६९ आयुर्बेद उपचार पद्दति भित्र पर्ने बिशेष उपचार पद्दति “पंञ्चकर्म सेवा” लाई ब्यवस्थित तवरले यथाशिघ्र सुचारु गर्ने कार्यलाई प्राथामिकताका साथ अगाडि बढाईने।

७० सहकारी तथा गरिबी निवारण सम्बन्धी नीति अन्तरगत स्थानीय स्तरमा छरिएर रहेको श्रम सिप र पुजिँलाई परिचालन गरी आय आर्जन बृद्धि, रोजगारी सृजना गरी गरिबी निवारणमा सघाउन सहकारी संस्थाहरुको अहम भुमिका रहने भएकोले सहकारीतामुलक विकास लाई प्रोत्साहन गर्ने

७१ गाउपालिकामा श्रम सहकारी र खाद्य बैंक सञ्चालन गर्न पहल गरिने,

 ७२ सहकारी संस्थाहरुको स्थापना व्यवस्थापन नियमन लाई प्रभावकारी बनाउन सहकारी संचालन सम्बन्धी ऐन तथा कानुनको व्यवस्था गरिने,

 ७३ स्थानीय रोजगारी सृजना, सुरक्षित बैदेशिक रोजगारीका माध्यामबाट गरिवी निबारणका लागी संघिय सरकार द्धारा संचालित प्रधानमन्त्री रोजगार कार्यक्रम तथा सुरक्षित आप्रवास परियोजना जस्ता कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने

७४ गाउँपालिका भित्र रहेका सम्पुर्ण सहकारी तथा सहकारी संस्थाहरुलाई कोपोमिसमा आवद्ध गरिने

७५ आन्तरिक तथा बाह्य पर्यटनको प्रबद्र्धन गर्न धार्मिक, प्राकृतिक तथा कृषि पर्यटनलाई विशेष जोड दिइने, छत्रेश्वरी मन्दिरको पर्यटकीय महत्वलाई विश्वव्यापी बनाउन शंखमुलमा रहेको शिब पार्वतिको मुर्ति सहितको शंखपार्कको प्रचारप्रसारमा जोड दिने,

 ७६ गाउँपालिका भित्र रहेका पर्यटकिय क्षेत्रहरुमा सहज आवागमनका लागी प्रत्येक पर्यटकिय क्षेत्र नजिक सम्म सडक निर्माण गरिने,

७७ जथाक पाथीभरा लेकमा पर्यटकीय सम्भावना बृद्धि गर्न जथाक पाथीभरा पर्यटन गुरुयोजना निर्माण गरिने,

७८ जथाक पाथीभरा पर्यटन पदमार्ग निर्माणका लागी प्रदेश सरकार सँग साझेदारी गरिने,

७९ वडा नं २ को गुराँसेमा युद्ध पर्यटन स्थल स्थापनाका लागी युद्धकालीन संरचना, भगनावशेष तथा स्मरणहरुको संरक्षण सम्वद्र्धन गरी युद्ध पर्यटन क्षेत्र निर्माणका लागी पहल गरिने,

८० गाउँपालिकाका विभिन्न स्थानमा रहेका सात तले गुफा, खडक देवी मन्दिर, सिद्धबाबा मन्दिर, तिन छहरी झरना, सिद्ध गुफा, चमेरे गुफा विभिन्न शिव मन्दिर तथा गुफाहरु जस्ता पर्यटकीय महत्व राख्ने स्थलहरुको खोज संरक्षण सम्र्बद्धन तथा प्रचार प्रसारमा व्यपकता ल्याइने,

८१ गाउँपालिकाका मुख्य पर्यटकीय स्थलहरु जोडने सडक तथा पदमार्ग निर्माणलाई प्राथमिकता दिई गाउँपालिकाका सबै आक्रर्षक स्थानहरुको भिजिट एकै पटकमा गर्न सक्ने गरी One Root Visit को व्यवस्था मिलाइने,

८२  गाउँपालिकाको प्राकृतिक तथा साँस्कृतिक रहन सहन भेषभुषाको झल्को दिने गरी पर्यटकको बसाई व्यवस्थापन गर्न होम स्टे (Home Stay) संचालनमा पहल गरिने,

८३ गाउँपालिका भित्रका सम्पुर्ण पर्यटकिय क्षेत्रको उचित व्यवस्थापनका लागी पालिका स्तरिय पर्यटन बोर्ड गठन प्रक्रिया अगाडी बढाईने

८४ सुचनाको हक सम्बन्धी नागरिकको संबैधानिक अधिकारको प्रत्याभुत गर्न गाउँपालिकाका गतिविधीहरुलाई यथासक्य छिटो प्रसारण, प्रकाशनको व्यवस्था मिलाईने,

 ८५ गाउँपालिका भित्र कुनै पनी ठाँउको सञ्चार सेवामा अवरोध आउन नदिन संघिय सरकार सँग सहकार्य गरिने,

८६ गाउँपालिकाको केही क्षेत्र विद्युतिकरण हुन नसकेकोले अन्धकार अवस्थामा बस्नुपर्ने बाध्यता हटाउन क्रमशः सबै बस्तीहरुमा विद्युतिकरण गर्न लगानी बृद्धि गरिने,

८७ गाउँपालिकामा भएका हरेक गतिविधीको सोही दिन बेलुका सामाजिक सञ्जाल फेसबूक पेज, वेवसाइट लगायतका माध्यमबाट प्रकाशनको व्यवस्था मिलाइने,

८८ गाउँपालिकाको डिजिटल प्रोफाइल निर्माण गरी डिजिटल सुचना प्रविधिमैत्री शासनलाई प्रवद्र्धन गरिने

८९ पाथीभरा टावर संरचना प्रवद्र्धन गरिने

९० आन्तरिक लेखा परिक्षण तथा महालेखा परिक्षण सम्बन्धी नीति अन्तरगत आन्तरिक लेखा परिक्षक, आर्थिक प्रशासन लगाएत अन्य शाखाका कर्मचारीलाई लेखा परिक्षण सम्बन्धी अभिमुखिकरण तालिम सञ्चालन गरी क्षमता विकास गरिने,

बेरुजु फर्छौट समिति गठन गरी गाउँपालिकामा रहेको बेरुजुलाई न्यूनीकरण गर्न पहल गरिने,

 ९२ विगतका बर्षहरुमा व्यक्ति वा संस्थाका नाममा देखिएका बेरुजुहरु दाखिलाका लागी ताकेता गरी बेरुजु शुन्यको नीति लिइने।

९३ सार्वजनिक सेवा प्रवाहलाई नागरिकको पहुचयोग्य बनाउन आबस्यक संयन्त्रको व्यवस्था गरिने,

.९४ नागरिकको सेवा प्रवाह सँग जोडिएका सुचनाहरु चुस्तदुरुस्त रुपमा कार्यतालिका अनुसार साप्ताहिक प्रकाशन गरी नागरिकलाई सुचनाको हकको प्रत्याभुती गराइने,

९५ कर्मचारीहरुमा उत्प्रेरणा जागृत गरी उच्च मनोबलका साथ काम गर्ने बातावरण सृजना गर्न कर्मचारी तालिम, प्रोत्साहन लगाएतका सकारात्मक पुनर्बलका कार्यक्रमको ब्यवस्था गरिने,

 ९६ प्रत्येक वडामा वडा कार्यालयको पुर्वाधार विकास गरी सेवा प्रवाहलाई सरल, सहज, सुलभ बनाइने,

९७ गाउँपालिका तथा वडा कार्यालयको व्यवस्थापकीय पक्षमा सुधार ल्याई प्रविधीमैत्री स्रोत साधनको व्यवस्था गरिने

९८ प्रत्येक नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन गाउँपालिकामा आवस्यकताको पहिचान पश्चात जिल्ला प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्रहरी चौकी स्थापनाका लागी पहल गरिने,

९९ गाउँपालिका अन्तर्गतका कार्यालयका कामकाजलाई छिटो छरितो बनाउन र विद्युतिय शासनलाई प्रबद्र्धन गर्न विद्युतिय प्रविधीको प्रयोग बढाई विस्तारै गाउँपालिकाको सेवा प्रवाहमा पेपरलेस सर्भिसको अवधारणालाई अंगिकार गरिने

१०० नागरिकको सहजता र प्रविधी विकासलाइ मध्यनजर गरी नागरिकले गाउँपालिकामा बुझाउनु पर्ने राजश्वलाई विद्युतिय बैङ्किङ प्रणाली मार्फत भुक्तानीको व्यवस्था मिलाइने

,१०१ आगामी बर्ष देखी गाउँपालिकाले तयार गरेको आवधिक योजनालाई कार्यान्वयनमा ल्याई सो योजनाका आधारमा मध्यकालिन खर्च संरचना तयार गरी बजेट निर्माण गर्ने व्यवस्था मिलाइने

१०२ गाउँपालिकाबाट हुने खरिद सम्बन्धी कामलाई मौजुदा कानुन बमोजिम खरिद समिती मार्फत हुने गरी व्यवस्था गरिने ,

१०३  उपभोक्ता अधिकारको सुनिश्चितता गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा नियमित बजार अनुगमन गरिने

 १०४ गाउँ सुरक्षाका लागी गाउँ प्रहरीको व्यवस्था गरिने।

१०५ विकासमा साझेदार गर्ने गैर सरकारी संस्थालाई प्रोत्साहन गर्ने नीति लिइने,

 १०६ गैर सरकारी संस्थालाई गाउँपालिकाको बार्षिक नीति तथा कार्यक्रम सँग आवद्ध गरी एकद्धार प्रणालीबाट लगिने,

१०७ गैर सरकारी संस्थाले आफुले गर्ने काम बजेट लगायतका आवश्यक विवरण गाउँपालिकामा पेश गर्नु पर्ने,

१०८ कार्य संचालन पुर्व स्वीकृति अनुमति लिनु पर्ने र गाउँपालिकाको केन्द्रमा एउटा सम्पर्क कार्यालय खोल्नु पर्ने जस्ता व्यवस्थाहरु अनिवार्य रुपमा कार्यान्वयनमा ल्याउने नीतिलाई निरन्तरता दिइने निती तथा कार्यक्रममा गाउँपालिकाबाट बजेट विनियोजन गर्दा भौगोलिक विकटता र जनसंख्यालाई मुख्य आधारको रुपमा लिइने अध्यक्ष बुढाथोकी द्धारा प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता