छत्रेश्वरी गाउ  सरकार सञ्चालन प्रक्रियामा सहज वनाउन  विषयगत समिती गठन

छत्रेश्वरी गाउ सरकार सञ्चालन प्रक्रियामा सहज वनाउन विषयगत समिती गठन

जेठ १९ गते सल्यान

छत्रेश्वरी गाउँकार्यपालिका समितीकाे पहिलाे बैठकबाट सरकार सञ्चालन प्रक्रियामा सहज वनाउन पहिलाे कार्यपालिका बैठकबाट बिभिन्न बिषयगत समिती गठन गरिएकाे छ।

विज्ञापन

स्थानिय तह निर्वाचन २०७९काे कार्यपालिका गठन प्रक्रिया जेठ १८ गते सम्पन्न गरे लगतै पहिलाे बैठकबाट बिषय गत समिती गठन गरिएकाे प्रवक्ता फाैद बहादुर बस्नेतले जानकारी दिएका छन।

छत्रेश्वरी गाउपालिकाकाे पहिलाे बैठकबाट सामाजिक सुरक्षा भत्ता लाइ वडा स्तरबाट बितरण गर्ने निर्णय गरेकाे छत्रेश्वरी सरकारले गाउकार्यपालिका सदस्यहरुलाइ बिभिन्न बिषयगत समिती काे जिम्मेवारी दिने निर्णय गरेकाे छ।

स्थानिय सरकार सञ्चालन ऐन २०७४ अनुसार ५ वटा बिषयगत समिती गठन गर्ने ब्यबस्था अनुसार समिती गठन गरिएकाे प्रवक्ता बस्नेतले बताए।

जस अनुसार

सामाजिक विकास समिती संयाेजक फाैद बहादुर बस्नेत

आर्थिक विकास समिती संयाेजक टीकाराम बुढा

पुर्वाधार विकास समिती संयाेजक तिर्थराज दहाल

संस्थागत तथा सुशासन संयाेजक प्रकास हमाल

वातावरण तथा विपतब्यबस्थापन समिती प्रेम बहादुर नेपाली

श्राेत अनुमान तथा बजेट सिमा निर्धारण समिती संयाेजक ओज बहादुर बुढाथाेकी

स्थानिय राजस्व परामर्श समिती संयाेजक बुद्धा कुमारी के सी लाइ जिम्मेवारी ताेकिएकाे छ।

नयाँ बजेटमा वडाको लागि बजेट सीमा निर्धारण गर्दै पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्राप्त थप अनुदान बजेट रु ९२ लाख ९६ हजार ७ ओटै वडामा समान रुपले बितरण गर्ने निर्णय गरिएकाे छ।

आगामी असार १० गते पालिका को निति तथा कार्यक्रम र आब ०७९/८०को बजेट ल्याउनको लागि आबश्यक तयारीका सबै काम अगाडि बढाउने निर्णयका साथै छत्रेस्वरी गाउँकार्यपालिका प्रवक्ता फौद बहादुर बस्नेतलाई जिम्मेवारी दिने निर्णय गरेकाे बैठककाे अध्यक्षता पालिका अध्यक्ष ओजबहादुर बुढाथाेकी गरेका कार्यपालिका बैठकमा उपाध्यक्ष बुद्धा कुमारी केसी प्रमुख प्रशासकिय प्रमुख प्रदिप खनाल काे उपस्थिती रहेकाे प्रवक्ता बस्नेतले जानकारी दिएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता