जिल्ला अस्पताल सल्यानको स्वास्थ्य समस्याबारे मुख्य मन्त्री शाहीलाइ ध्यानाकर्षण पत्र
फागुन २० सल्यान
जिल्ला अस्पताल सल्यानको स्वास्थ्य समस्या बारे मुख्यमन्त्री जीवन बहादुर शाहीलाइ ध्यानाकर्षण गरिएको छ।
जिल्ला अस्पताल सल्यानमा तत्काल डाक्टरकाे व्यवस्था गर्न माग गर्दै जिल्ला अस्पताल बिकास समिती सल्यानका अध्यक्ष सिपी वली सहित मानव अधिकारकर्मीहरुले टोलीले मुख्यमन्त्री शाहीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
स्वास्थ्य जस्तो सम्बेदनशिल विषयमा प्रदेश सरकार गम्भीर नभएको भन्दै तत्काल डाक्टरको ब्यबस्था गरी स्वास्थ्य सेवा सुचारु गर्न पत्रमा उल्लेख गरिएको छ।
जिल्ला अस्पतालमा सुरक्षित गर्वभती सेवा प्रदान हुन नस्कनु ले स्वास्थ्य प्रति सरकार मौन भएकाले यसको ब्यबस्थापन गरी सल्यान जिल्लामा नियमित स्वास्थ्य सेवा सुचारुमा तदारुपतामा साथ पहल गरीदिन पत्रमार्फत ध्यानाकर्षण गरिएको हो।
सल्यान जिल्लमा सुरक्षित गर्वभती सेवा नपाउदा ३ बर्षको अबधिमा ३ जना सुत्केरी तथा ३८ जना नवजात शिशुको मृत्यु भएको १ सय १० जना मृत शिशु जन्मको पत्रमा उल्ले गरिएको छ।
८ जना दरवन्दी रहेको जिल्ला अस्पतालमा हाल एक जना एम डि जि पी डाक्टर मात्र रहेकाले जिल्ला अस्पतालमा स्वास्थ्य समस्या भएको ले तत्काल दरबन्दी अनुसार डाक्टरको ब्यबस्थापन गर्न पत्रमा माग गरिएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा