ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कपुरकाेट-चाेरखाेला सडक खण्ड १० दिन सम्म बन्द हुनेः यस्तो छ समय तालिका

कपुरकाेट-चाेरखाेला सडक खण्ड १० दिन सम्म बन्द हुनेः यस्तो छ समय तालिका

सल्यान फागुन २०

कपुरकोट चोरखोला सडक खण्ड १० दिन सम्म बन्द हुने सुचना द्वारा जानकारी दिएको छ।

विज्ञापन

राप्ती राज मार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अन्तर्गत कपरकोट चोरखोला सडक खण्ड फागुन २२ देखि चैत्र १ गते सम्म १० दिनका लागी बन्द हुने जिल्ला प्रशासन कार्यलय सल्यानले जनाएको छ।

सडक डिभिजन दाङको फागुन १६ गते प्राप्त अनुसार यही २० गते बसेको बैठकको निर्णय अनुसार राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डमा पर्ने कपुरकोट चोरखोला खण्डमा सडक स्तरोन्नती गर्ने प्रयोजनका लागी समय तालिका सहित पुर्ण रुपमा सवारी आवागमन बन्द गरिएको जनाएको छ।

हेर्नुहोस यस्तो छ समय तालिका

मिती २०७८ फागुन २२ देखि चैत्र १ गते सम्म

बिहान ७ बजे देखि ९ बजे सम्म

दिउसो ११ बजे देखि ३ बजे सम्म

साँझ ५ः३० देखि ८ बजे सम्म

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता