नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० बृद्धिदर भने ०.९३ प्रतिशत

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० बृद्धिदर भने ०.९३ प्रतिशत

माघ १२ काठमाडौ

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ भने बृद्धी दर भने ०.९३ प्रतिशत मात्र रहेको छ।

विज्ञापन

बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।

अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ ।

प्रत्येक दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको विभागले जनाएको छ ।

यसपटकको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता