विपद् प्रतिकार्यका लागि एक सय सामुदायिक उद्धारकर्ता तयार गरिँदै

विपद् प्रतिकार्यका लागि एक सय सामुदायिक उद्धारकर्ता तयार गरिँदै

माघ ९ जुम्ला सागर परियार

जुम्लामा बिपत प्रतिकार्यको लागी एक सय सामुदायिक उद्धारकर्ता तयारको लागी तालिम सञ्चालन गरिएको छ।

प्राकृतिक तथा मानवीय विपद् जन्य घटनाको प्रतिकार्यका लागि जुम्लामा झण्डै एक सय जना सामुदायिक उद्धारकर्ता तयार गर्न तालिम सञ्चालन गरिएको हो ।

जुम्लामा यसकार्यका लागि हालसम्म ७२ जना यूवालाई तालिम दिइसकिएको छ भने थप २४ जनालाई शनिवारदेखि चार दिने तालिम दिन सुरु गरिउको छ । तालिम लिएका यूवालाई बाढी पहिरो,भूकम्प,आगलागी,हिम पहिरो,डुबान,जस्ता विपद् जन्य घटनाहरूबाट प्रभावितहरू नागरिकको राहत, उद्धार तथा प्राथमिक उपचारका लागि परिचालित गरिनेछ ।

जुम्लाका तातोपानी र तिला गाउँपालिकाका महिला पुरुषलाई चार चरणमा २४ जनाका दरले ९६ जना लाई छुट्टा छुट्टै चार दिने विपद् प्रतिकार्यका लागि सामुदायिक पहल (क्याडे«) को बेसिक कोर्स तालिम दिइएको हो । तालिममा गाउँमा हुन सक्ने विपद्का घटनाको प्रतिकार्यका लागि प्राविधिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिन्छ ।

जुम्लामा मर्सिकोर,क्रीडाको समन्वय,युएसआइडीको सहयोगमा सामुदायिक उद्धारकर्ता तयार गर्ने तालिम सञ्चालन गरिएको हो ।

तालिममा सहभागी झण्डै एकसय जनालाई कुनैपनि बेला घट्नसक्ने प्रकोप,पारिवारिक सुरक्षा एवं प्रतिकार्यका लागि तयारी र निर्देशन प्रणाली,आधारभूत जीवन सुरक्षाका लागि प्राथमिक उपचारका बारेमा सिकाइएको छ ।

त्यस्तै शव व्यवस्थापन,आगलागी नियन्त्रण,विपदमा आधारभूत खोज,विपदमा आधारभूत उद्धारका तरिका,पानी जन्य आपतकालमा गरिने उद्धार,परिस्थितिजन्य आपतकाल जीव जनवारबाट हुने विपद्को उद्धार लगायतका विभिन्न खाले विपद् र उद्धार विधिका बारेमा सिकाइएको छ ।

तालिममा राहत उद्धारका क्षेत्रमा रेडक्रसमा दशकौँदेखि कार्यरत रहेका विज्ञ प्रशिक्षकद्वारा विपद् जन्य घटना व्यवस्थापनका लागि सामुदायिक उद्धार कर्ताहरूलाई तालिम दिइएको छ ।

मुख्य प्रशिक्षक खगेन्द्र राज जोशीले विपद् प्रतिकार्यका लागि सामुदायिक पहल ९क्याड्रे० तालिमबाट तयार भएका सामुदायिक उद्धार कर्ताहरूले गाउँ ठाउँमा हुने विपद्जन्य घटनाबाट घाईतेको राहत उदार देखि घटनाको अभिलेख,स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी प्राथमिक उपचार गराउन सक्षम बनाएको विश्वास व्यक्त गर्नुभयो ।

विपद्का घाइतेको समयमै उद्धार नहुँदा,विपद् आउनु पहिले सूचना नपाउँदा,विपद् प्रतिकार्यका लागि सैद्धान्तिक ज्ञान नहुँदा गाउँघरमा हुने विपद्ले ठुलो क्षति गर्ने गरेको जानकारहरू बताउँछन् ।

तालिममा सहभागी तातोपानी ३ का नरविर सुनारले समुदायमा हुने विपद्का घटना व्यवस्थापन तथा उद्धारका लागि गाउँ गाउँमा सामुदायिक उद्धारकर्ता आवश्यक रहेको बताउनुभयो । तालिम जीवन उपयोगी भएको भन्दै विपद् पर्दा व्यवहारमा कार्यान्वयन गरिने उहाँको प्रतिबद्धता छ ।

त्यस्तै तातोपानी ८ टोप्लाकी आशा शाहीले भेरीखोला क्षेत्र बाढी पहिरोको उच्च जोखिममा रहेको तालिम प्राप्त उद्धारकर्ता आवश्यक रहेकोले आफूले तालिम पाउँदा खुसी भएको बताउनुभयो । आफूले सिकेको कुरा गाउँका युवालाई सिकाएर उद्धारकर्ताका रुपमा विकास तयार गर्ने उहाँको भनाई छ ।

पालिका र जिल्ला स्तरको विपद् व्यवस्थापन समितिका सदस्यहरु विगतमा तालिम प्राप्त नहुँदा हचुवाका भरमा उद्धार गर्दा थप घाइते हुने अङ्गभङ्ग हुने समस्या थियो । तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्यायले भन्नुभयो,“अब गाउँमा हुने विपद् न्युनिकरणदेखि राहत उद्धारमा सामुदायिक उद्धारकर्ताको उपस्थिति बलियो बनाउनु पर्छ ’ उहाँले तालिमलाई व्यवहारमै कार्यान्वयन गरिन र उद्धारकर्तालाई क्रियाशील बनाउन पालिकाले थप सहयोग गर्ने बताउनुभयो ।

तालिमका चार चरण मध्य दुई चरणमा तिला र तातोपानी गाउँपालिकाका समुदायका नागरिकलाई र दुई चरणमा पालिकास्तरको विपद् व्यवस्थापन समितिका सदस्यलाई विपद् प्रतिकार्य तालिम दिइएको हो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता