सल्यान जिल्लामा  कृषि तथा पशु विकासका क्षेत्रमा नमुना योग्य कार्य गर्ने एक सहकारी सहित ६ जना कृषक सम्मानित

सल्यान जिल्लामा कृषि तथा पशु विकासका क्षेत्रमा नमुना योग्य कार्य गर्ने एक सहकारी सहित ६ जना कृषक सम्मानित

श्रावन ४, सल्यान 

आर्थिक बर्ष ०७६/०७७ काे बार्षिक स्वीकृत कार्यक्रमबाट कर्णाली प्रदेश सरकार भुमी ब्यबस्था तथा कृषि सहकारी मन्त्रालय कृषि बिकास निर्देशनालय कृषि बिकास कार्यलय सल्यानकाे स्वीकृत कार्यक्रम अन्तर्गत मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सल्यानका एक सहकारी सहित ६ जना कृषक सम्मानित भएका छन ।
 
जिल्लामा कृषि तथा पशु विकासका क्षेत्रमा नमुना योग्य कार्य गर्ने नमुना कृषक , तथा कृषि सहकारी संस्थालाइ मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित  गरिएकाे हाे।

सम्मानित हुनेमा सल्यानमा एक कृषि सहकारी सहित ६ जना नमुना याेग्य कृषि कार्य गर्ने कृषकलाइ मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका हुन ।

महिला साना किसान सहकारी संस्था दार्मा गाउँपालिका ५, ढाकाडाम ५० हजार र प्रमाणपत्रले सम्मान गरेकाे सम्मान कार्यक्रमा  
गाइ भैसी पालन तर्फ त्रिवेणी ५ को कृष्ण गाई फर्मका कृष्ण रेउले, बंगुरपालन तर्फ मदन पशुपंक्षी फर्म बागचौर नगरपालिका ७ का मदन घर्ती, माछा पालन तर्फ अरुण कृषि फर्म छत्रेश्वरी गाउँपालिका ६  की नोखीकुमारी विष्ट, भेडाबाख्रा पालन तर्फ सल्यानी बहुउद्देश्सीय कृषि सहकारी संस्था बागचाैर नगरपालिका १ कि  लिला बस्नेत र कुखुरा पालन तर्फ देवकोटा पशुपंक्षी फर्मकी सञ्चालक खिमा केसी सम्मानित भएका छन ।

उनिहरूलाइ २५ हजार र प्रमाणपत्रले सम्मान गरिएको  पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले बताए । 
मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारकाे लागी जिल्लाबाट उत्कृष्ट भएका किसानमध्ये कर्णाली प्रदेश स्तरीय मुख्यमन्त्री उत्कृष्ट पुरस्कारमा समेत प्रतिस्पर्धा गर्न पाउने भएका छन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता