ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ

सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ

सल्यान, साउन ७।

जिल्ला प्रहरी कार्यालय सल्यानले आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा भएका अपराध तथा सुरक्षा गतिविधिको वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ।

विज्ञापन

सार्वजनिक तथ्यांकअनुसार आर्थिक वर्षभरि २३० वटा अपराधका मुद्दा दर्ता भएका छन् भने १७८ जना अभियुक्त पक्राउ परेका छन्।

प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये ५८ वटा जघन्य तथा गम्भीर अपराध, ३९ वटा आर्थिक अपराध, २८ वटा सामाजिक अपराध, ७ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी अपराध तथा १८ वटा अन्य प्रकृतिका मुद्दा रहेका छन्।

अपराध अनुसन्धान र नियन्त्रणसँगै प्रहरीले २८७ वटा मुद्दा फर्छ्योट गरेको जनाएको छ।

फैसला कार्यान्वयन अभियानअन्तर्गत १७७ जना फरार प्रतिवादी पक्राउ गरी १सय २३ वर्ष २ महिना ११ दिन कैद सजाय कार्यान्वयन गर्नुका साथै रु. २० लाख ७० हजार ७२८ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण अभियानमा २२ जना पक्राउ परेका छन्।

उनीहरूको साथबाट ब्राउन सुगर, चरेस, गाँजा तथा नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको छ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्षभरि ५१ वटा आत्महत्याका घटना भएका छन्।

तीमध्ये ४८ जनाले झुण्डिएर३ जनाले विष सेवन गरी आत्महत्या गरेका छन्।

हराएका व्यक्तिको खोजतलास अभियानअन्तर्गत ६३ जना हराएकामध्ये सबै ६३ जनालाई फेला पारिएको प्रहरीले जनाएको छ।

विपद् व्यवस्थापनतर्फ आगलागी, अविरल वर्षा, चट्याङ र पहिरोसहित ४९ वटा घटना भएका छन्।

ती घटनामा २ जनाको मृत्यु१ जना घाइते भएका छन् भने घरगोठ तथा अन्य संरचनामा क्षति पुग्दा लाखौँ रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको प्रहरीको विवरणमा उल्लेख छ।

प्राकृतिक स्रोत तथा वन पैदावार संरक्षण अभियानअन्तर्गत ७ वटा सवारी साधन नियन्त्रणमा लिई १,१११.४४ क्युफिट काठ बरामद गरिएको छ।

यस्तै अवैध रूपमा बालुवा, ढुङ्गा तथा गिट्टी ओसारपसारमा संलग्न ७० वटा सवारी साधन नियन्त्रणमा लिई सम्बन्धित स्थानीय तहमा कारबाहीका लागि पठाइएको प्रहरीले जनाएको छ।

यसैगरी, हातहतियार नियन्त्रण अभियानमा ५७ नाल भरुवा बन्दुक बरामद गरी २ जनालाई पक्राउ गरिएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आत्महत्या न्यूनीकरण, बालविवाह, लागूऔषध दुव्र्यसन, साइबर अपराध, ट्राफिक सुरक्षा, महिला हिंसा, मानव बेचबिखनलगायतका विषयमा ६४७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रममा २५ हजार ७३४ जना सहभागी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बिस्तृत प्रेस नाेट हेर्नुहाेस

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता