कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
सल्यान, साउन ७
सल्यानको कुमाख गाउँपालिकाले SUTRA प्रणाली अद्यावधिक (Update) तथा आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत नयाँ राजस्व दर प्रणालीमा समावेश गर्ने कार्य भइरहेका कारण साउन ११ गतेसम्म राजस्व संकलन सेवा अस्थायी रूपमा बन्द रहने जनाएको छ।
गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय तथा सबै वडा कार्यालयबाट सञ्चालन हुँदै आएको राजस्व संकलन सेवा प्रणाली अद्यावधिक सम्पन्न नहुँदासम्म बन्द रहने जानकारी दिएको हो।
सूचनाअनुसार नयाँ आर्थिक वर्षका लागि स्वीकृत राजस्व दरलाई SUTRA प्रणालीमा समावेश गर्न आवश्यक प्राविधिक कार्य भइरहेको छ।
उक्त कार्य सम्पन्न भएपछि राजस्व संकलन सेवा नियमित रूपमा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।
सेवा बन्द रहँदा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति गाउँपालिकाले क्षमायाचना गर्दै आवश्यक सहयोग र समझदारीका लागि अनुरोध गरेको छ।
गाउँपालिकाले प्रणाली अद्यावधिक सम्पन्न हुनेबित्तिकै नियमित रूपमा राजस्व संकलन सेवा पुनः सञ्चालन गरिने जनाएको छ।
#कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्दसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा