सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
सल्यान, साउन ५
छत्रेश्वरी गाउँपालिका वडा नं १ दमाचाैरले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको परिचयपत्र नवीकरणका लागि टोलगत समय तालिका सार्वजनिक गरेको छ।
वडा कार्यालयले जारी गरेको सूचनाअनुसार लाभग्राहीले राष्ट्रिय परिचयपत्र प्रणालीमा बायोमेट्रिक (फिङ्गरप्रिन्ट तथा आइरिस स्क्यान) मार्फत विवरण अद्यावधिक गरी सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्नुपर्नेछ।
लाभग्राही स्वयं राष्ट्रिय परिचयपत्र नम्बर सहित उपस्थित हुनु साथै सामाजिक सुरक्षा परिचयपत्र, नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो तथा आवश्यक कागजात साथमा ल्याउन वडा कार्यालयले अनुरोध गरेको छ।

वडा कार्यालयले तोकिएको समयमै उपस्थित भई नवीकरण प्रक्रिया पूरा गर्न सबै लाभग्राहीलाई आग्रह गरेको छ।
निर्धारित समयमा नवीकरण नगरेमा सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या आउन सक्ने भएकाले सम्बन्धित सबैलाई समयमै सेवा लिन अनुरोध गरिएको छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा