ज्योतिष परिषद् नेपाल, सल्यानको अध्यक्षमा तुलसी चन्द
सल्यान, साउन ३ गते।
ज्याेतिष परिषद् नेपाल, सल्यानको अध्यक्षमा तुलसी चन्द
निर्वाचित हुनुभएको छ।
जिल्ला कार्यसमिति सल्यानकाे बागचौर नगरपालिका–२, बागचौरमा सम्पन्न भएको प्रथम अधिवेशनबाट तुल्सी चन्द अध्यक्षमा निर्वाचित हनु भएको हाे।
अधिवेशनले नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेेकाे नवगठित कार्यसमितिको उपाध्यक्षमा रामचन्द्र शर्मा, सचिवमा एकानन्द लामिछाने, सहसचिवमा तीर्थराज उपाध्याय तथा कोषाध्यक्षमा केशवराज देवकोटा चयन हुनुभएको छ।

यसैगरी सदस्यहरूमा रेशमप्रकाश शर्मा, कुमार शर्मा आचार्य, बालकृष्ण भट्टराई, गणेशप्रसाद उपाध्याय, ईश्वरप्रसाद शर्मा (लामिछाने), ईश्वरीप्रसाद शर्मा, कर्णबहादुर खत्री, बासुदेव शर्मा, कुमार शर्मा (दहाल) र ध्रुब गौतम चयन भएकाे हाे।
अधिवेशनले अशोककुमार शर्मा, पूर्णबहादुर खत्री, ईश्वरीप्रसाद गौतम तथा कृष्णराज उपाध्याय सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरेको छ।
अधिवेशनलाई सम्बोधन गर्दै वक्ताहरूले ज्योतिष विज्ञानको अध्ययन, संरक्षण, प्रवर्द्धन तथा संस्थागत विकासका लागि नवगठित कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा ज्योतिष परिषद् नेपाल प्रदेश कार्यसमितिका सदस्य डा. पूर्ण भण्डारी (पंकज) विशेष अतिथिका रूपमा , कार्यक्रममा सम्बाेधन गर्नुभएको थियोे ।
अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी, सदस्य तथा सल्लाहकार समितिका सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै ज्योतिष परिषद् नेपाल, सल्यानले जिल्लामा संस्थाको गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
अधिवेशनमा सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुर्याउनुका साथै कार्यक्रमका लागि हल उपलब्ध गराउने होटल शारदाका प्रोप्राइटर नरेश वलीप्रति आयाेजकले विशेष धन्यवाद व्यक्त गरेेकाे जनाएको छ।
#ज्योतिष परिषद् नेपाल #सल्यानको अध्यक्षमा तुलसी चन्द
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा