दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
सल्यान, असार २२
दोस्रो कर्णाली प्रदेशस्तरीय तेक्वान्दो खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णसहित विभिन्न पदक जित्न सफल खेलाडीहरू तथा प्रशिक्षकलाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ।
दार्मा गाउँपालिका सल्यानकाे आयाेजनामा आयाेजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष निम बहादुर केसी सहित पालिका परिवारले दोस्रो कर्णाली प्रदेशस्तरीय तेक्वान्दो खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णसहित विभिन्न पदक जित्न सफल विजेता तुलसा वली, बसन्ता बुढाथोकी र झलक रोकाय रहेका छन्।

उनीहरूले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो क्षेत्र र जिल्लाको गौरव बढाएको भन्दै सम्मान गरिएको दार्मा गाउँपालिकले जनाएको छ।
त्यसैगरी, खेलाडीहरूको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने तेक्वान्दो प्रशिक्षक सुदाम केसी निराजन (TKD Sudam KC Nirajan) लाई पनि विशेष सम्मान प्रदान गरिएको छ।

सम्मान कार्यक्रममा वक्ताहरूले खेलकुदले अनुशासन, आत्मविश्वास र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै पदक विजेता खेलाडी तथा प्रशिक्षकको उपलब्धिले आगामी पुस्तालाई खेलतर्फ आकर्षित गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन।
सम्मानित खेलाडीहरूले आगामी दिनमा अझ मेहनत गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई प्रदेश र देशको नाम उच्च राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
#दार्मा गाउँपालिका सल्यानको नव निर्मित प्रशासकीय भवन प्रधानमन्त्री प्रचण्ड द्वारा उद्धघाटन हुनेसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा