ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६

कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६

सल्यान, असार २१

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ लाई कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ।

विज्ञापन

आइतबार आयोजित एक भव्य समारोहका बीच वडालाई औपचारिक रूपमा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो।

यस उपलब्धिसँगै सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्य संरक्षणमा कपुरकोट गाउँपालिकाले अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ।

पूर्ण संस्थागत सुत्केरी वडा घोषणा हुनु भनेको वडाभित्रका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिएको सुनिश्चित हुनु हो।

घोषणा कार्यक्रममा प्रमुख अतिथि कपुरकाेट, गाउँपालिका अध्यक्ष दुर्गा पुन, उपाध्यक्ष प्रकाश भण्डारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीयवासी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले सुरक्षित मातृत्व प्रवर्द्धनमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा समुदायको साझा प्रयासले यो उपलब्धि सम्भव भएको बताएका थिए।

कार्यक्रमका वक्ताहरूले संस्थागत सुत्केरी सेवाले आमा तथा नवजात शिशुको मृत्यु दर घटाउन, सुरक्षित प्रसूति सुनिश्चित गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे।

साथै आगामी दिनमा पनि गर्भवती महिलालाई नियमित गर्भजाँच, स्वास्थ्य संस्थामै प्रसूति र प्रसूतिपछिको स्याहारमा निरन्तर जोड दिइने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कपुरकोट गाउँपालिकाले मातृ तथा शिशु स्वास्थ्य सुधारलाई प्राथमिकतामा राख्दै सञ्चालन गरेका विभिन्न स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमका कारण संस्थागत सुत्केरी सेवाप्रति समुदायको पहुँच र विश्वास बढ्दै गएको स्थानीयको भनाइ छ।

वडा नम्बर ६ को यो घोषणा कर्णाली प्रदेशमा सुरक्षित मातृत्व अभियानका लागि अर्को प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता