छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
सल्यान, असार २१।
छत्रेश्वरी गाउँपालिका वडा नं २ दहखोलामा बालपोषण भत्ताको प्रभावकारी उपयोग तथा आमा–शिशु स्याहार सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
छत्रेश्वरी गाउँपालिकाको बहुक्षेत्रीय पोषण सुधार कार्यक्रम (भोटेचौर, सल्यान) को आयोजनामा आयाेजित कार्यक्रम २ नं वडा कार्यालय दहखाेलाकाे सभाहलमा सम्पन्न भएको हाे।

कार्यक्रममा ४० जना आमा, स्वास्थ्य स्वयंसेविका वडा सदस्यहरु तथा सरोकारवालाको सहभागित बालपाेषण भत्ताको सही सदुपयोग, सुनौला हजार दिनका आमा र शिशुको पोषण, स्तनपान, सन्तुलित आहार, सरसफाइ तथा शिशु स्याहारका विविध विषयमा अभिमुखीकरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. २ का अध्यक्ष प्रेमबहादुर नेपाली ले सरकारले सुनौला हजार दिनका आमा र शिशुको पोषण सुधारका लागि बालपोषण भत्ता तथा सुत्केरी भत्ता उपलब्ध गराउँदै आएको उल्लेख गर्दै यसको सही उपयोग हुन सके मात्रै बालबालिकालाई कुपोषणबाट जोगाउन सकिने बताउनुभयो।
उहाँले पोषण भत्ता लागू भएयता वडा नं. २ मा कुपोषणका कारण हुने स्वास्थ्य समस्या घट्दै गएको दाबी गर्दै घरमै उपलब्ध हुने कृषि तथा पशुजन्य पोषणयुक्त खाद्यवस्तुको प्रयोग बढाउन र पोषण भत्तालाई बालबालिकाको स्वास्थ्य तथा पोषणमै खर्च गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा बहुक्षेत्रीय पोषण सुधार कार्यक्रमलाई आमा र शिशुको स्वास्थ्य, पोषण तथा समग्र विकासका लागि प्रभावकारी अभियानका रूपमा अगाडि बढाइएको बताउँदै सहभागीहरूलाई पोषणसम्बन्धी व्यवहार परिवर्तनमा जोड दिन प्रेरित गरिएको थियो।
#छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरणसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा