ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड

नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड

सल्यान, असार २१

हुलाक कार्यालय बनगाड–कुपिण्डे नगरपालिकाको आयोजनामा ‘नागरिकसँग हुलाक’ विषयक अन्तरक्रिया कार्यक्रम आज बनगाड–कुपिण्डे नगरपालिका–१ स्थित ग्रीनपिस प्यालेसको सेमिनार हलमा सम्पन्न भएको छ।

विज्ञापन

वडा नं. १ का वडा अध्यक्ष थुमबहादुर बिसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर रेडक्रसका सभापति पुष्कर बिसी, वडा सदस्य लोकबहादुर बुढालगायतले हुलाक सेवालाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए। सहभागीहरूले विद्यार्थीका मार्कसिट, प्रमाणपत्रलगायत विभिन्न महत्वपूर्ण कागजातको सुरक्षित ढुवानी तथा वितरणलाई थप सहज बनाउन आग्रह गरेका थिए।

कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, बैंक, लघुवित्त तथा बीमा कम्पनीका प्रतिनिधि, बजार व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


हुलाक कार्यालय बनगाड–कुपिण्डेका कार्यालय प्रमुख चन्द्राकुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालयका हल्कारा गृभान पुनले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन हल्कारा कृष्ण बि.सी.ले गरेका थिए।
अन्तरक्रियाका क्रममा कार्यालय प्रमुख थापाले हुलाक सेवाको वर्तमान अवस्था, आगामी सम्भावना तथा सेवाप्रवाहका विषयमा सहभागीहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै केही महिनाअघि लागू भएको हुलाकमार्फत घरमै पासपोर्ट वितरण सेवा सम्बन्धमा पनि स्पष्ट गराउनु भएको थियोे ।

उनले आगामी दिनमा हुलाकमार्फत प्रदान गरिने सम्पूर्ण सेवामा थप जिम्मेवार र जवाफदेही हुँदै हरेक नागरिकसम्म गुणस्तरीय हुलाक सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन्।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता