ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा

दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा

सल्यान, असार २०

 

विज्ञापन

छत्रेश्वरी गाउँपालिका वडा नं. २ को आयोजना, गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वय तथा पुष्पम हेल्थ केयर, तुलसीपुर (दाङ) को सहकार्यमा दहखोलास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरमा स्थानीय समुदायका कुल ३३६ जना सेवाग्राहीले विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका छन्। स्वास्थ्य सेवाप्रति स्थानीयको उल्लेखनीय सहभागिता रहेको शिविरमा विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेका थिए।

शिविरअन्तर्गत डा. बिनोद सिंहबाट १४४ जनाले स्त्री तथा प्रसूति रोग सम्बन्धी विशेषज्ञ सेवा, डा. शिशिर पोख्रेलबाट १२५ जनाले नाक, कान तथा घाँटी (ईएनटी) सम्बन्धी सेवा तथा डा. पुष्पराज रिजालबाट १३६ जनाले भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सहित स्वास्थ्य परामर्श सेवा प्राप्त गरेका थिए।

दूरदराजका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविर प्रभावकारी बनेको आयोजकले जनाएको छ। स्थानीय बासिन्दाले आफ्नै गाउँमा निःशुल्क विशेषज्ञ सेवा पाउँदा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्।

वडा कार्यालयले शिविर सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, विशेषज्ञ चिकित्सक, स्वयंसेवक तथा सम्पूर्ण सहयोगी संस्था र सेवाग्राहीप्रति धन्यवाद व्यक्त गरेको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता