ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

सल्यान, असार २१

कपुरकोट गाउँपालिका वडा नं. ५ लाई एक कार्यक्रमका बीच औपचारिक रूपमा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ।

विज्ञापन

यस घोषणासँगै कर्णाली प्रदेशमै कपुरकोट गाउँपालिका–५ दोस्रो पूर्ण संस्थागत सुत्केरी वडाका रूपमा स्थापित भएको छ।

गर्भवती महिलाले सुरक्षित मातृत्व सेवाअन्तर्गत स्वास्थ्य संस्थामै सुत्केरी हुने सुनिश्चित गर्न सञ्चालन गरिएको अभियान सफल भएपछि  गाउँपालिका अध्यक्ष दुर्गा पुन, उपाध्यक्ष प्रकाश भण्डारीकाे बिशेष उपस्थितिमा कपुरकाेट ५ नं वडालाई  पूर्ण संस्थागत सुत्केरी  वडा घोषणा गरिएको हो।

 

यस उपलब्धिले सुरक्षित मातृत्व, आमा तथा नवजात शिशुको स्वास्थ्य संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

अभियानलाई सफल बनाउन अहोरात्र खटिएका जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबै सरोकारवालाप्रति कपुरकाेट गाउँपालिका सल्यानले कृतज्ञता प्रकट  गरेकाे।

स्थानीय तहले आगामी दिनमा पनि सुरक्षित मातृत्व तथा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी बनाउँदै संस्थागत सुत्केरी दरलाई शतप्रतिशत कायम राख्न निरन्तर प्रयास गर्ने जनाएको छ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता