सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
सल्यान, असार २०।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले सडक अनुशासन कायम गर्दै सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले शनिबार सल्यानको व्यस्त श्रीनगर बजार क्षेत्रमा लापसे (लागुऔषध सेवन) र मापसे (मादक पदार्थ सेवन) सम्बन्धी विशेष चेकजाँच अभियान सञ्चालन गरेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यान र जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको संयुक्त आयोजनामा सञ्चालित अभियानमा प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटा, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातली, शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा तथा उद्योग वाणिज्य संघ सल्यानका बाणिज्य उपाध्यक्ष राजेन्द्र भण्डारीको विशेष सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा सवारी चालक तथा यात्रुहरूलाई सडक सुरक्षासम्बन्धी सचेतना प्रदान गर्नुका साथै सवारी साधनमा सडक सुरक्षा सन्देश अंकित स्टिकर टाँसिएको छ।
सहभागीहरूले पछिल्लो समय लागुऔषध तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति दुर्घटनाको प्रमुख कारण बन्दै गएको उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रणका लागि नियमित अनुगमन र कडा चेकजाँच आवश्यक रहेको बताएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव निरीक्षक जयराम घर्तीले सडक अनुशासन कायम गर्न तथा दुर्घटना न्यूनीकरणका लागि आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने बताउनुभएको छ।

अभियान अन्तर्गत आज ६५ जना सवारी चालकलाई चेकजाँच गरिएको छ।
जसमध्ये ५ जनमा लापसे तथा ६० जनामा मापसे परीक्षण गरिएको छ।
लापसे चेकजाँच गरिका पाँच जना सवारी चलाक मध्ये १मा पाेजेटिभ देखिएकाे र ६०मा मापसे चेकजाँच गर्दा १ मा पोजेटिभ रिपोर्ट आएको ट्राफिक प्रमुख जयराम घर्तीले जानकारी दिनुभयो।
पाेजेटिभ देखिएका सवारी चालकलाई नियम अनुसार कानुनी कारबाही हुने कानुनी कारबाहीकाे लागि जिल्ला प्रहरी कार्यालय सल्यानमा पठाएको प्रमुख घर्तीले जानकारी दिनुभयो ।
#सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ #सडक अनुशासन अभियान सञ्चालनसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा