ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना

स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना

सल्यान, असार १९

शारदा नगरपालिका–४ साईलाकम निवासी स्वर्गीय खिमबहादुर कवरको स्मृतिमा उहाँको परिवारले महेन्द्र माध्यमिक विद्यालय, पिपलनेटा मा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ।

विज्ञापन

अक्षयकोष स्थापना तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण कार्यक्रम वडा अध्यक्ष किशोर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा स्व. कवरका परिवारजन, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरूले स्व. खिमबहादुर कवरको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले स्थापना गरिएको अक्षयकोषले विद्यालयका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन।सोही अवसरमा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले स्व. कवरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए।

साथै, विद्यालयलाई यस्ता प्रेरणादायी सामाजिक कार्यका लागि बधाई तथा शुभकामना समेत व्यक्त गरिएको कार्यक्रमकाे सञ्चालन डिल्ली राज रावतले गर्नुभएको थियोे ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता