त्रिवेणीमा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरू सम्मानित
सल्यान, असार १९
सल्यानकाे जिल्ला त्रिवेणी गाउँपालिका वडा नं ६ द्वारा जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई सम्मानित गरेको छ।
वडा नं ६ काे आयाेजनामा आज एक कार्यक्रमका बीच जेष्ठ नागरिक तथा अपंगता भएका ब्यक्तिहरुलाइ एक कार्यक्रमका बीच वडाले सम्मानित गरेकाे हाे।
कार्यक्रममा वडा अध्यक्ष मनोज शाहले वडा भित्रका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै उहाँहरूको दैनिक जीवनलाई सहज बनाउन एक–एक थान टर्चलाइट हस्तान्तरण गर्नुभएको छ।
उहाँले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरू समाजका लागि सम्मानित गर्न कहिँ कतै अझै समस्या भएकोले याे कार्यक्रमले उहाँहरूको सम्मान, सुरक्षा र सहज जीवनयापनका थप उदाहरणीय हुने बताउनुभयो ।
वडा अध्यक्ष शाहले आगामी दिनमा पनि जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लक्षित समुदायको हित, संरक्षण र सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता गर्नुभएको छ।
कार्यक्रममा सहभागीहरूले यस्ता सामाजिक तथा मानवीय कार्यक्रमले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूप्रति सम्मान, आत्मीयता र सामाजिक उत्तरदायित्वको भावना अझ मजबुत बनाउन सहयोग हुने बताएका थिए ।
#त्रिवेणीमा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरू सम्मानितसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा