उत्पादनमा याेगदान गर्ने छत्रेश्वरी २ का उत्कृष्ट १५ जना किसान सम्मानित
असार १७
उत्पादनमा याेगदान गर्ने छत्रेश्वरी २ का उत्कृष्ट १५ जना किसानलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ।
२ नं वडाकाे आयाेजनामा आयाेजित कार्यक्रममा उत्कृष्ट किसान सम्मान कार्यक्रममा उत्पादनमा याेगदान, गरेका १५ जना किसानलाई कदर प्रमाणपत्र खादा माला सहित सम्मान गरिएको हाे।

छत्रेश्वरी गाउँपालिका वडा नं २ कृषि उत्पादनमा आत्मनिर्भर र पकेट क्षेत्र नै बनाएर यस क्षेत्रका किसानले सुन्तला, किवि, आलु,टिमुर, भाजी खेती लाई व्यवसायीक कृषिका रुपमा कृषि कर्म गर्दै आउनु भएको छ।

किसानलाई कृषि कर्म प्रति उत्साहित बनाउन वडा नं २ का किसानहरुलाई वडा अध्यक्ष प्रेमबहादुर नेपालीले कदर प्रमाणपत्र सहित खादा माला लगाएर सम्मान गर्नु भएको छ।

सम्मान कार्यक्रममा लामाे समय सम्म राजनीतिमा सक्रिय हुनु भएका चित्र बहादुर केसी( भास्कर) सल्यान जिल्लाकै उत्कृष्ट किसान बेलबहादुर घर्ती, र युवा किसान प्रकाश वली, तेजबहादुर याेगी, कमला घर्ती, डिल्लीबहादुर घर्ती , प्रेम प्रकाश वली,बिरेन्द्र पुन,सुमन नेपाली, ठाकुर प्रसाद वली,

दुर्गासि्ह राना ,कुल बहादुर,हिरालाल रसाइली, मरिचमान घर्ती , ज्ञानबहादुर केसी, लाई सम्मान गरेकाे कार्यक्रममा ६५ जना किसानलाई एक दिने सुन्तला बगैचा, व्यवस्थापन सम्बन्धि अभिमुखिकरण गरिएको थियोे ।
#उत्पादनमा याेगदान गर्ने छत्रेश्वरी २ का उत्कृष्ट १५ जना किसान सम्मानितसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा