कुमाखमा अपांगता भएका व्यक्तिहरुलाई एक दिने सशक्तीकरण तालिम
असार १७
सल्यानकाे कुमाख गाउँपालिका वडा नं ६ मा ग र घ वर्गका अपांगता भएका ब्यक्तिहरुलाई संविधानमा भएको व्यवस्था, माैलिकहक, अपांगताकाे वर्गीकरण,अपांगता भएका ब्यक्तिकाे अधिकार संरक्षण गर्ने भनेकाे ऐन २०७४ तथा स्थानीय समन्वय समितिकाे काम अधिकारका बिषयमा सशक्तीकरण तालिम सम्पन्न गरिएको छ।
कुमाख वडा नं ६ काे आयाेजनामा आयाेजना गरिएको ग र घ वर्गका अपांगता भएका व्यक्तिहरुकाे लागि एक दिने सशक्तीकरण तथा अनुभव आदानप्रदान प्रदान कार्यक्रम
मा ग र घ वर्गका अपांगता भएका ब्यक्तिहरुलाई संविधानमा भएको व्यवस्था, माैलिकहक, अपांगताकाे वर्गीकरण,अपांगता भएका ब्यक्तिकाे अधिकार संरक्षण गर्ने बनेकाे ऐन २०७४ तथा स्थानीय समन्वय समितिकाे काम अधिकारका बिषयमा सशक्तीकरण तालिम गर्दै कुमाख ६ काे सभा हलमा सम्पन्न भएको हाे।
कार्यक्रममा वडा अध्यक्ष कर्ण बहादुर बिकले ग र घ वर्गका अपंगता भएको व्यक्तिहरु संग अनुभव, समस्या, सेवा शुल्कमा भएको समस्या,बारे जानकारी लिनुभएकाे छ।
वडा नं ६ का २० जना व्यक्ति मध्ये केही व्यक्ति क बर्गमा भएको र अहिले ग र घ बर्गकाे अपंगता परिचयपत्र दिएकाे गुनासो गरेका छन।
उनले भने पहिले अपांगता भत्ता दिने पछि किन कटाैती गर्ने विना जानकारी भत्ता कसरी कटाैती गरियाे भन्ने बिषयमा गुनासोे गरेका थिए ।
वडा अध्यक्ष बिकले स्थानीय समन्वय समितिले गरेकाे केही निर्णय प्रक्रिया गलत भएको भए सुधारका लागि कार्यपालिका बैठमा समस्याको बारे छलफल गर्ने बताउनुभयो ।
समस्या गम्भीर छ पहिले भत्ता पाएका व्यक्तिकाे भत्ता कटाैती के कारणले गरिएको हाे समन्वय समिति संग याे बिषयमा जानकारी लिने बिश्वास दिलाउनु भएको छ।
एक दिने ग र घ वर्गका अपंगता भएका व्यक्तिलाई माैलिक हक, अपंगता अधिकार,अपंगता भएका व्यक्तिकाे अधिकार संरक्षण गर्न बनेकाे ऐन २०७४बारे भिम बहादुर परियारले सहजीकरण गर्नुभएको थियो ।
मानवअधिकार कर्मी रामचन्द्र रेग्मीले अपंगताकाे परिचय, हुने अवस्था, अपंगताकाे वर्गीकरण,मर्यादित शब्दहरु,छात्रवृत्ति सम्बन्धि व्यवस्था,ग र घ वर्गका अपंगता भएका ब्यक्ति पाउने सेवा शुल्क बारे सशक्तीकरण गर्नु भएको कार्यक्रमकाे सञ्चालन वडा सचिव दिलाराम कठायतले
गर्नुभएको थियोे ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा