ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
अतिथि कक्षामा  डिजिटल साक्षरता र करियर विकासबारे सहजीकरण

अतिथि कक्षामा डिजिटल साक्षरता र करियर विकासबारे सहजीकरण

सल्यान, असार १६

छत्रेश्वरी गाउँपालिका वडा नं ४काे  श्री लक्ष्मी माध्यमिक विद्यालय, जयचौर मा विद्यार्थीहरूको ज्ञान, सीप र प्रविधिमैत्री सोच विकास गर्ने उद्देश्यले आयोजित “अतिथि कक्षा कार्यक्रम सम्पन्न भएको छ।

विज्ञापन

छत्रेश्वरी गाउँपालिकाकाे आयाेजना तथा लक्ष्मी मा बि जयचाैरका प्रधानाध्यापक डाेर बहादुर खत्रीकाे अध्यक्षता  गाउँ पालिका उपाध्यक्ष बुद्धा कुमारी खत्रीकाे प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीकाे विशिष्ट आतिथ्यतामा  डिजिटल साक्षरता र करियर बिकास बारे छलफल गर्दे अतिथि कक्षा कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा विद्यार्थीहरूलाई डिजिटल साक्षरता, करियर विकास तथा प्रविधिको जिम्मेवार प्रयोग लगायतका समसामयिक र महत्वपूर्ण विषयमा  प्रमुख प्रशासकीय अधिकृत  दिपक बुढाथोकीले अतिथि कक्षा कार्यक्रमबारे  सहजीकरण गर्नुभएको हाे।

कार्यक्रमका प्रमुख अतिथि उपाध्यक्ष बुद्धा कुमारी खत्रीले अतिथि कक्षा कार्यक्रमबाट   विद्यालय परिवार, शिक्षक–शिक्षिका, विद्यार्थी हरुकाे सक्रिय सहभागीताबाट मात्रै विद्यार्थीहरूमा सकारात्मक सोच, व्यवहारिक सीप, प्रविधिमैत्री चेतना तथा जिम्मेवार नागरिक बन्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक जिज्ञासा राख्दै सक्रिय सहभागिता जनाएका कारण कार्यक्रम थप प्रभावकारी र उपलब्धिमूलक  भएको  सुचना प्रविधि अधिकृत मिलन कुमार वलीले जानकारी दिनुभएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता