छत्रेश्वरी४ काे चाख्ले–निगालचुला सडक उद्धघाटन
सल्यान, असार १६
छत्रेश्वरी गाउँपालिका–४, चाख्लेमा निर्माण कार्य सम्पन्न भए सगै आज एक कार्यक्रमका बीत चाख्ले–निगालचुला सडककाे विधिवत उद्घाटन गरिएको छ।
स्थानीय पूर्वाधार विकासलाई थप सुदृढ बनाउने उद्देश्यले निर्माण कार्य सम्पन्न भएको
वडा नं ४ काे चाख्ले निगालचुला सडककाे गाउँपालिका अध्यक्ष ओेजबहादुर बुढाथोकीद्वारा एक कार्यक्रमका बीच सडकको विधिवत उद्धघाटन गरिएको हाे।
वडा नं. ४ का वडा अध्यक्ष छविलाल खत्री को अध्यक्षता वडा प्राविधिक जनक घर्तीले सञ्चालन गर्नुभएको समापन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी को प्रमुख आतिथ्यतामा उद्धघाटन कार्यक्रममा कार्यपालिका सदस्य तुल्सा बिक, वडा सदस्य पोखराज खड्का र शान्ता कुमारी उपाध्याय, पूर्व वडा अध्यक्ष नेब बहादुर खड्का, समाजसेवी तथा बुद्धिजीवी ज्ञान बहादुर खड्का, वडा सचिव रोहन सापकोटा, अस्थायी प्रहरी चौकी जयचौरका इन्चार्ज कमल श्रेष्ठ, विभिन्न समूह, आमा समूह तथा स्थानीय उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले सडक पूर्वाधार ग्रामीण विकासको आधार भएको उल्लेख गर्दै चाख्ले–निगालचुला सडक सञ्चालनमा आएपछि स्थानीय नागरिकको दैनिक आवतजावत सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, कृषि उत्पादनको बजारीकरण तथा समग्र सामाजिक–आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका थिए।
#छत्रेश्वरी४ काे चाख्ले–निगालचुला सडक उद्धघाटनसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा