कुमाखमा राज्यका दलितमूखि निति,प्रावधान विषयक दुइदिने कार्यशाला गाेष्ठी सम्पन्न
सल्यान, असार १६।
सल्यानकाे कुमाख गाउँपालिका रागेचाैर सल्यानमा राज्यका दलितमूखि निति कार्यक्रम सचेतीकरण तथा कानुनी प्रावधान बिषयक दुई दिने कार्यशाला गाेष्ठी सम्पन्न भएको छ।
कुमाख गाउँपालिका महिला, बालबालिका तथा समाजकल्याण उपशाखाको आयोजनामा “राज्यका दलितमुखी नीति, कार्यक्रम, सचेतिकरण तथा कानुनी प्रावधान” विषयक दुई दिने कार्यशाला गोष्ठी रागेचाैरमा सम्पन्न भएको हाे।

दलित समुदायमा राज्यले अवलम्बन गरेका नीति, कार्यक्रम, संवैधानिक अधिकार तथा कानुनी व्यवस्थाबारे जानकारी अभिवृद्धि गर्दै अधिकार प्रति सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा गाउँपालिकाका सातवटै वडाबाट ३५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रम समापनका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष लालबहादुर रावतले २ दिने कार्यशाला गाेष्ठीले भाेक जगाएकाे बताउँदै संविधानले सुनिश्चित गरेका दलित अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्ष जिम्मेवार हुन सिकेको ज्ञान व्यवहारमा र समाज सचेतीकरण गर्ने सके मात्रै भाेक मेटिने बताउनुभयो ।याे कार्यक्रम दलित संग मात्रै जाेडिएकाे छैन सामाजिक रुपान्तरण संग जाेडिएकाले गाउँ टाेल छिमेकी र समुदायमा जागरण ल्याउने याे कार्यक्रमकाे मुख्य उदेश्य रहेकाे जीकिर गर्नु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति, सल्यान सदस्य जमुना विकले याे कार्यक्रमले दलित समुदायको मात्रै जागरण पैदा गर्ने छैन उसले समाजिक जागरण पैदा गर्ने हिम्मत दिएकाे बताउनुभयो ।
कार्यशालामा मानव अधिकारकर्मी रामचन्द्र रेग्मीले मानव अधिकार, सामाजिक न्याय तथा विभेदविरुद्धका अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनी व्यवस्थाबारे सहजीकरण गर्नुभएको थियो

दलित अधिकारकर्मी भीमबहादुर परियारले संविधानमा व्यवस्था भएका दलित अधिकार, समानुपातिक समावेशीकरण, आरक्षण, जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ऐन) सम्बन्धी कानुनी प्रावधान, राज्यका दलितमुखी नीति तथा कार्यक्रमका विषयमा विस्तृत प्रस्तुति दिनुभएको थियो।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सहभागीहरूले समूह छलफल, अनुभव आदानप्रदान तथा प्रश्नोत्तरमार्फत आफ्ना जिज्ञासा राखेका थिए।

कार्यशालाबाट सहभागीहरू राज्यका दलितमुखी नीति तथा कार्यक्रम, संवैधानिक व्यवस्था तथा कानुनी प्रावधानबारे थप जानकार भएको र प्राप्त ज्ञानलाई समुदायस्तरसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन।

दलित सशक्तीकरण समिति अध्यक्ष कर्णबहादुर बिकले कार्यक्रमको समापनमा दलित समुदायको अधिकार संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन तथा विभेदमुक्त, समावेशी र समानतामूलक समाज निर्माणका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन पहल गर्ने प्रतिबद्धता गर्नुभएको कार्यक्रमकाे सञ्चालन महिला, बालबालिका तथा समाजकल्याण उपशाखा निरीक्षक देविका केसीले गर्नुभएको थियो।
#प्रावधान विषयक दुइदिने कार्यशाला गाेष्ठी सम्पन्न #कुमाखमा राज्यका दलितमूखि नितिसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा